Advertisement

सरकार स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको छ : ओली

0 289

Advertisement

२६ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने भए पनि सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको दावी गरेका हुन् ।

सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा उनले भने, ‘…स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो । स्थानीय निर्वाचनसम्बन्धी ऐनमा के व्यवस्था छ फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटमारमा लागेको छ अहिले । चुनावतिर होइन । यस सरकारले स्थानीय तहहरुलाई प्रतिनिधिविहीन बनाउने, कर्मचारीमार्फत चलाउने, त्यो षड्यन्त्र गर्दैछ ।’

अध्यक्ष ओलीले विकास र समृद्धिको अभियानलाई तीव्रता दिएपछि देशीविदेशी प्रतिक्रियावादीहरुले आफू नेतृत्वको सरकार हटाएको पनि बताउनु भयो । एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेले आगामी निर्वाचनमा एकल बहुमत पाउने दावी गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.