Advertisement

मल खरिद गर्न पाँच वर्षका लागि सम्झौता हुँदै

0 489

Advertisement

२१ पुस, काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी (सरकार–सरकार) मार्फत भारतबाट रासायनिक मल खरिद गर्ने भएको छ । मल खरिदका लागि दुई देशबीच हुने सम्झौताको मस्यौदा तयार भइसकेको छ । भारतले पनि आफ्नोतर्फबाट सम्झौताको मस्यौदा नेपाल पठाइसकेको छ । सो मस्यौदाबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि दुई पक्ष सम्झौतापत्रमा हस्ताक्षर हुने कृषिमन्त्री महिन्द्रराय यादवका निजी सचिवालयले जनाएको छ ।

पाँच वर्षका लागि सम्झौता हुन लागेको हो । सम्झौता भएपछि सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने, त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने सहमति हुन लागेको बताइएको छ । गत भदौमा कृषि मन्त्रालयका तत्कालीन सचिव डा. कृष्णप्रसाद अचार्यको नेतृत्वमा एक टोलीले भारतमा गएर जीटुजीमार्फत मल खरिद गर्ने सहमति गरेको थियो ।

कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीन, बङ्गलादेश, ओमन, मोराकोसँग पनि जीटुजीमार्फत मल खरिद गर्ने प्रक्रियाका लागि पत्र पठाई सकेको छ । तर, त्यसको जवाफ आइनसकेको मन्त्रालय स्रोतले जनाएको छ । नेपालमा यतिखेर मल अभाव देखिएको छ । सरकारसँग हाल १२ हजार २०० मेट्रिक टन मल मात्र मौज्दात छन् ।

अन्तर्राष्ट्रिय रूपमा मलमा भएको मूल्यवृद्धिका कारण नेपालमा त्यसको असर देखिएको छ । मल अभाव कम गर्न मन्त्रालयले जीटुजीमा विशेष जोड दिएको छ । “भारतबाट लगभग मल आउने पक्का भएको छ,” मन्त्रालयको एक सहसचिवले भन्नुभयो, ‘भारतबाट मल आउने लगभग निश्चित भएको छ । सम्झौतापत्रमा हस्ताक्षर हुनमात्र बाँकी छ । मन्त्रिपरिषद्बाट निर्णय भएपछि सम्झौतापत्रमा हस्ताक्षर हुन्छ । ’

चालु आर्थिक वर्ष २०७८/०७९ मल खरिदका लागि नियमित बजेटमा विनियोजित १५ अर्बको अतिरिक्त १२ अर्ब ७१ करोड रुपियाँ थप गरिएको छ । तर, गत वर्षको परिमाणमा मल खरिद गरी समयमै कृषकलाई उपलब्ध गराउने मन्त्रालयको प्रयासमा असहज अवस्था पैदा भएको कृषि मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा युरिया ३३८.८५ प्रतिशत र डीएपी २०२.१३ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष प्रतिमेट्रिक टन युरिया मल ३६०.८३ अमेरिकी डलरमा खरिद भएको थियो भने अहिले ९४९ अमेरकी डलर पुगेको छ । त्यस्तै, गत वर्ष ४५५.४१ रुपियाँमा पाउने डीएपी मल अहिले ९२०.५ अमेरिकी डलर पुगेको छ । मूल्यमा यत्तिको फरक परेका कारण मल व्यवस्थापनमा समस्या भइरहेको मन्त्रालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.