Advertisement

सीमामा तैनाथ सशस्त्र प्रहरी आफ्नै भवनमा

0 214

Advertisement

२० पुस, बैतडी । भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)को आफ्नै भवन निर्माण भइसकेको छ । यस्तै पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा निर्माण भवन कार्य जारी रहेको र शिवनाथ गाउँपालिकाको कुस्मौत घाटमा भवन निर्माण हुने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ५१ गुल्मले जनाएको छ ।

गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहका अनुसार विसं २०७७ चैत २३ गतदेखि झुलाघाटस्थित आफ्नै भवनमा सशस्त्र प्रहरी बसिसकेको छ । कूल रु ९९ लाख २३ हजार ४०० मा रोयल क्षमादेवी जेभीले उक्त बिओपी भवन निर्माण गरेको हो । एक ब्लक कार्यालय प्रयोजनका लागि र एक ब्यारेकका लागि झुलाघाटमा बिओपी भवन बनाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यसअघि भाडाकै घरमा बिओपी भवन राखिएको थियो, आफ्नै भवन निर्माण भएपछि निकै सहज भएको छ ।”

रोलघाटमा पनि झुलाघाटको जस्तै बिओपी भवन निर्माण भइरहेको छ । विसं २०७८ असार मसान्तसम्म भवन निर्माण गर्ने गरी अग्रिम पिपी जेभीसँग सम्झौता भएकामा कोरोनाका कारण समयमै भवन निर्माण हुन नसकेपछि २०७८ साल चैत मसान्तसम्म म्याद थप गरिएको थियो । भवन निर्माणका लागि रु ९३ लाख ४९ हजार ३३७ मा ठेक्का सम्झौता गरिएको थियो ।

यस्तै कुस्मौत घाटमा पनि २०७९ साल असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी बोलपत्र आह्वान गरिएको थियो । रू एक करोडको लागतमा बन्ने उक्त भवनका लागि दुई कम्पनीको बोलपत्र परेको छ । बोलपत्र परेकामध्ये मूल्याङ्कनका आधारमा उउटा छनोट हुने उक्त गुल्मले जनाएको छ ।

भारतसँग सीमा जोडिएका झुलाघाट, रोलघाट र कुस्मौतघाटमा हाल बिओपी स्थापना भइसकेका छन् । यसका साथै जिल्लाका अन्य तीन स्थानमा पनि बिओपी स्थापनाको तयारी भएको छ । पञ्चेश्वरको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा पनि बिओपी स्थापना गर्ने तयारी भएको गुल्मका प्रमुख, शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “बिओपी पनि स्थापना गर्ने र सँगसँगै भवन पनि बनाउने प्रक्रिया थालेका छौँ ।” जग्गा खोजी प्रक्रियामा रहेको र अन्य ठाउँमा पनि जग्गा मिलेपछि बिओपी स्थापना हुनेछन् ।

गुल्मसँग समेत आफ्नै भवन नरहेकाले र हाल डिभिजन सहकारी कार्यालयको भवनमा बसिरहेको छ । सहकारी कार्यालय दशरथचन्द नगरपालिकालाई हस्तान्तरण भइसकेपछि गुल्म स्थापना भएकाले गुल्मलाई भवनको समस्या भएको हो । यसका लागि नगरपालिकाले प्रशासनमार्फत सहकारी विकास र सङ्घीय मामिला मन्त्रालयलाई सिफारिस गरिसकेकोे छ ।

सशस्त्र प्रहरीलाई उक्त भवन हस्तान्तरणका लागि सिफारिस गरी मन्त्रालयमा पठाइएको पत्र स्वीकृत भएर आएपछि भवन हस्तान्तरण हुने जनाइएको छ ।

सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार सबै स्थानमा गुल्म र बिओपी स्थापना गर्न लागिएका हुन् । यस्तै, सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधि, अवैध कारोबार र मानव बेचबिखनजस्ता जघन्य अपराध रोक्न र राजश्व चुहावट हुन नदिन पनि बिओपी स्थापना गरिएका हुन् ।

बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा क्षेत्र जोडिएको छ । उक्त क्षेत्रमा हाल तीन ठाउँमा बिओपी स्थापना भएका र उनीहरुलाई सबै क्षेत्रमा परिचालन गर्ने गरिएको छ ।

सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमा क्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो । गुल्ममा हाल सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा १६० र बिओपीहरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.