Advertisement

राष्ट्रियसभा निर्वाचनका लागि माओवादीले पाँच उम्मेदवार टुङ्ग्यायो

0 375

Advertisement

२० पुस, काठमाडाैँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

माओवादीले प्रदेश २ बाट महिलाबाट उर्मिला अर्याल, गण्डकीबाट दलित कोटामा भुवन सुनार, सुदूरपश्चिम दलितबाट जगत पार्की, कर्णाली प्रदेशको अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र अन्यबाट सुरेश आलेमगर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको हो ।

माओवादी केन्द्रले यी उम्मेदवारहरु टुङ्गो लगाएको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभएको छ ।

आगामी राष्ट्रियसभाको सदस्यको निर्वाचनमा माओवादी केन्द्रसहित पाँचदलीय सत्तागठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती दिने भएको छ ।

सत्तागठबन्धनको बैठकले राष्ट्रियसभा सदस्यका लागि १९ पदमध्ये माओवादीका लागि पाँच सिट छुट्याएको थियो । सोही अनुसार माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको हो । पार्टीका केन्द्रीय सदस्य लीलामणि पोखरेलले पनि निर्वाचन आयोगमा मङ्गलबारसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले पनि राष्ट्रियसभा निर्वाचनका लागि छिट्टै उम्मेदवारी टुङ्गो लगाउनुपरेको बताउनुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.