Advertisement

विद्यार्थीलाई कक्षाकोठाबाट निकालिएको भन्दै नेविसङ्घको विरोध

0 665

Advertisement

१६ पुस, काठमाडाैँ । काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ ।

नेविसङ्घले आज काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विरोध कार्यक्रम गरी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले मेडिकल कलेजले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरी विद्यार्थीलाई तत्काल अध्ययन गर्ने वातावरण निर्माण गर्न माग गर्नुभयो । “विद्यार्थीले अतिरिक्त शुल्क नबुझाएकै भरमा अध्ययनबाट बञ्चित गर्न मिल्दैन, विद्यार्थीलाई गालीगलौज र धम्की दिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

यसअघि चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयले विद्यार्थीसँग बढी रकम नमाग्न यी कलेजलाई पटकपटक पत्राचार गरिसकेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.