Advertisement

सामाजिक सुरक्षाभत्ता लिन सास्ती

0 637

Advertisement

०८ पुस, जलेश्वर । महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपाङ्गता भएकालाई अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालिएको छ ।

भत्ता बुझ्न सास्ती भएको जलेश्वर नगरपालिका– ८ का वृद्ध बहादुर महराले बताउनुभयो । बैंकले सेवाग्राहीलाई दिनदिनै बोलाउने गरेको कुनै पनि व्यक्तिको काम एकदिनमै नगर्दा सदरमुकाम आवतजावत गर्न सकस भएको जलेश्वर नगरपालिका–३ की शिलादेवीको भनाइ छ । जलेश्वरस्थित प्रभु बैंकमा तीन दिन धाउँदा पनि भत्ता पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

बैंकले एक दिनमा २०-२५ जनालाई मात्रै भत्ता बाड्ने गरेको छ । भत्ता लिन लक्ष्मी बैंक पुग्नुभएका जलेश्वर नगरपालिका–११ का विलक्षण खत्वेले चार दिनदेखि धाउँदै आएपनि पाउन नसकेको गुनासो गर्नुभयो । घण्टौं लाइनमा बसेपनि काम नहुँदा रित्तै फर्किनुपरेको उहाँले सुनाउनुभयो ।

स्थानीय तहले सामाजिक सुरक्षा रकममा अनियमितता नहोस् भनेर बैंकिङ प्रणाली अपनाएको हो । जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरिया जिम्मेवारी लिएका बैंकले व्यवस्थापनमा ध्यान नदिँदा उपभोक्ताले सहज सेवा पाउन नसकेको बताउनुहुन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.