Advertisement

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

0 277

Advertisement

५ पुस, एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ– यदि अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसक्ने हो भने यहाँ मानवीय संकट पैदा हुनेछ ।‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले अहिले पनि अफगानिस्तानमा ठूलो संकट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने यसबाट समस्या पनि उत्पन्न हुन सक्ने बताउनुभएको छ । गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसंख्या गरिबीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट बैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उहाँले आगामी दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताउनुभएको हो ।

उहाँले हाल तालिबान शासन सुरु भएपछि यहाँको अवस्था झन् नाजुक बन्दै गएको र वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै सहयोगका लगि आग्रह गर्नुभएको हो ।उहाँले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ । उहाँले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराउनुभएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.