Advertisement

सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धनको बैठक बस्ने

0 411

Advertisement

०४ पुष, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। सर्वदलीय बैठकअघि साझा धारणा बनाउन बैठक बस्न लागेको एक नेताले नेताले बताए।

प्रधानमन्त्री देउवाले अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठकबोलाएका हुन्।बैठक आइतबार बेलुका ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

प्रधानमन्त्री देउवाले यसअघि संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढदल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।

एमालेले लामो समयदेखि संसदीय दलबाट निश्कासनमा परेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको भन्दै संसद् बैठक अवरुद्ध पार्दै आएको छ।

यसअघि सरकारले साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो। त्यसपछि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको थियो। सरकारले अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.