Advertisement

समाजवादी प्रेस सङ्गठनको विशेष भेला पुस ५ मा

0 613

Advertisement

०३ पुष, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ ।उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल गर्नुहुनेछ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई सङ्कुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

गत वर्ष पुस ५ गते तत्कालिन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रुपमा मानेर सङ्गठनले देशभरका कमिटीलाई उक्त दिन विरोधस्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न निर्देशन दिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.