Advertisement

प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि ‘मिस वर्ल्ड’ स्थगित

0 437

Advertisement

०२ पुस, काठमाडाैँ । मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

यो प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना गर्ने तयारी गरिएको थियो । यसका लागि विश्वका सुन्दरीहरु केही हप्तादेखि पुएर्तोमा वर्कसप गरिरहेका थिए ।

शुरुमा सात जना प्रतिस्पर्धीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसपछि अन्यको परीक्षण गर्दा पनि कोरोना देखिएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो ।

प्रतियोगितामा भाग लिनका लागि नेपालबाट मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि अमेरिका पुगिसकेकी छन् । अब आयोजकले सबै प्रतियोगीहरुको कोरोना परीक्षण गरेर उनीहरुलाई आफ्नो देश फर्काउने तयारी गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.