Advertisement

भाेलिबाट चिसो बढ्ने, सर्तक रहन आग्रह

0 370

Advertisement

०१ पुस, काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने भएकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन भिागले आग्रह गरेको छ ।

“पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण २०७८ पुस २ गते (शुक्रबार) बिहानबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको,” विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ, “सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ ।”

यसैबीच आज दिउँसो प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी ,गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.