Advertisement

एम.जि. (मोरिस ग्यारेज)काे हेक्टर नेपाली बजारमा, शुरुवाती मुल्य रु.५९.९९ लाख

0 531

Advertisement

२५ मंसिर, काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले आफ्नो नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी बहु–प्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ।

उक्त कार्यक्रममा गाडीको मुल्य सार्वजनिक गर्नुको साथै ग्राहकहरुलाई गाडीको चाबी हस्तान्तरण पनि गरिएको थियो। १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ। हेक्टर एमटीको मुल्य रु.५९.९९ लाख र हेक्टर सिभिटिको मुल्य रु.६४.९९ लाख रहेको छ।

सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर इन्डियामा पहिलैबाट प्रशंसित छ। एसयुभि क्याटगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ।

एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिएको छ। भारतमा बनेको यो एसयुभि नेपालस्थित सम्पूर्ण डिलरशिपहरुमा उपलब्ध छ। यो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो जुन बजारमा उपलब्ध मिड साइज एसयुभिहरुको लो–स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा छ।

एम.जी. हेक्टर नेपालमा अत्यधिक माग भएको बहु–प्रतिक्षित एसयुभि हो । एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ। यसको नयाँ गेम–चेन्जर मोडलले एसयुभि लेगेसीलाई सुदृढ पार्दै लेटेस्ट एसयुभि हाँक्ने ग्राहकहरुको चाहना पनि पुरा गर्ने कम्पनीले बताएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.