Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

साझा उमेदवार तय गर्न बसेको पौडेल समूहको बैठक निष्कर्षविहीन

0 327

२५ मंसिर, काठमाडौं । कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार छान्न परेको सकस अझै फुकेको छैन।

शुक्रबार महाधिवेशन उद्घाटन सकिएलगत्तै बत्तिसपुतलीमा साझा उम्मेदवार छान्न करिब चार घन्टा बैठक बसे पनि उम्मेदवार छान्न नसकेर शनिबार फेरि छलफल गर्ने तयारी छ।

कुरा नमिल्ने देखिएपछि बैठकको बीचमा प्रकाशमान सिंह बैठकस्थलबाट बाहिरिएका थिए ।

Subscribe to our newsletter

बैठकपछि नेता शेखर कोइरालाले छलफल सकारात्मक दिशातर्फ नै अगाडि बढेको बताएका छन्। ‘शनिबार बिहानसम्म हामी उम्मेदवार फाइनल गर्छौं,’ उनलेे भने।

सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू शशांक कोइराला, प्रकाशमान सिह र शेखर कोइराला आकांक्षी छन्। रामचन्द्र र शशांक सभापति नउठ्न राजी भए पनि प्रकाशमान र शेखर एकअर्कालाई छाड्न तयार देखिएका छैनन्।

शनिबार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्नेछ। मनोनयन दर्ता गर्ने पूर्वसन्ध्यामा पनि पौडेल पक्षले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन।

सभापतिमा फेरि शेरबहादुर देउवा उठ्ने तयारीमा छन्। उपसभापति विमलेन्द्र निधि पनि सभापति उठ्न लागेका छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने सभापति उठ्ने/नउठ्नेबारे शनिबार मनोनयन दर्ता बेला आफ्नो कुरा राख्ने बताएका छन्।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.