Advertisement

भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु, रावतकी श्रीमतीको पनि मृत्यु

0 401

Advertisement

२२ मंसिर, एजेन्सी । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ ।

रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ ।
रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।

उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका हुन् ।

दुर्घटनामा घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको वेलिङ्टनस्थित सैनिक अस्पतालमा उपचार भइरहेको भारतीय वायु सेनाले जानकारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.