Advertisement

लैनचौर टिम च्याम्पियन

0 348

Advertisement

१९ मंसिर, काठमाडौं । लैनचौर तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ६ स्वर्ण, ५ रजत र ५ कास्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो ।


गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा अल्टिमेट दोश्रो भयो । अल्टिमेटले समान ४–४ स्वर्ण र रजत हात पा¥यो । तेश्रो स्थानको मुलपानी तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र ३ कास्य प्राप्त ग¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।


जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताको पुरुषमा लैनचौरका सुशान्त भुजेल तथा महिलामा मैजुकुमारी तेक्वान्दो डोजाङकी शीतला बोहरा उत्कृष्ट खेलाडी घोषित भए ।


विजेतालाई संघीय सांसद कृष्ण राई, नेपाल तेक्वान्दो संघका सदस्य राम गिरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, प्रतियोगिता संयोजक एवं आयोजक कमिटीका अध्यक्ष सोवितमान गिरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा २ सय ५० खेलाडी सहभागी थिए ।

आर्मी र बूढानीलकण्ठ क्वाटरफाइनलमा

आर्मी ‘ए’ र बूढानीलकण्ठ गोड्स ‘ए’ थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आर्मी समूह ‘ए’ को विजेता तथा बूढानीलकण्ठ सोही समूहको उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।


नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको समूह ‘बी’ बाट टाइम्स ‘ए’ विजेता र बूढानीलकण्ठ ‘बी’ उपविजेता तथा समूह ‘सी’ बाट विशाल मिलन केन्द्र विजेता र रोयल्स उपविजेता हुँदै क्वाटरफाइनलमा पुगे । त्यस्तै समूह ‘डि’ बाट गोल्डेनगेट ‘ए’ विजेता तथा कीर्तिपुर ‘ए’ उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।

प्रकाश क्वाटरफाइनलमा


नेपालका प्रकाश अधिकारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टनअन्तर्गत एसएल– ४ क्याटगोरीको पुरुष सिंगल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


समूह ‘सी’ को आफ्नो अन्तिम लिग खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीलाई २१–२ र २१–१ को सोझोको सेटमा सहजै पराजित गरेको अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
त्यसअघि उनले इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमसंग २१–१५ र २१–९ को हार व्यहोरेका थिए भने भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ ले पन्छाएका थिए । क्वाटरफाइनलमा प्रकाशले थाइल्यान्डका चिन्दानाइ निनुडोम्सकलाई प्रतिद्वन्द्वी पाएका छन् ।

लक्ष्मण र हुमी च्याम्पियन


रसुवा । पहिलो संस्करणको हाइ अल्टिच्युड रसुवा माउन्टेन बाईक च्यालेन्जको उपाधि लक्ष्मण मल्ल र हुमी बुढा मगरले जितेका छन् ।


शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बने । पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन् । सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे ।


सोही स्पर्धा हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, बिनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दशौं भए ।


महिलातर्फ विजेता बनेकी हुमीले १३ औं साग खेलकुदकी स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन् । हुमीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पुरा गरिन् । तेस्रो बनेकी इन्द्रकला नेम्वाङ्गले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । सोही स्पर्धामा उषा खनाल चौथों, इन्द्रकुमारी तामाङ पाँचौं, बिदिशा चौधरी छैटौं र सकुन्तला बुढा मगर सातौं भईन् ।


पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौंले ६ हजार, छैटौंले ५ हजार, सातौंले ४ हजार, आठौंले ३ हजार, नवौंले २ हजार र दशौं स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे ।

प्रतियोगिताको मास्टर्स विधामा हर्क लामा विजेता बने । उनले निर्धारित दुरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे । दोस्रो बनेका नयन मानन्धरले १ घण्टा ४९ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गरे । पेम्बा शेर्पाले २ घण्टा ५ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बने ।


जुनियर स्पर्धाको विजेता किरण लिम्बु बने । उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे । आशिष तामाङ १ घण्टा ४६ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो बने । तेस्रो बनेका राहुल वाइबाले १ घण्टा ५० मिनेट ०२ सेकेन्डमा दुरी पार गरेका थिए ।


मास्टर्स र जुनियर विधाका विजेताले मेडल सहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे ।
१६ सय मिटर उचाईको कालिकास्थानबाट सुरु भएको दौड घुम्तिबजार, लामाटोल, गुम्बाडाडाँ, स्याउबारी हुँदै २३ सय मिटर उचाईको लोकिल पुगेर आलुखर्क, गोर्मु, सस्र्युङ, किमाजोङ, खाल्चेट, जिवजिबे हुँदै कालिकास्थानमै आएर टुङ्गिएको थियो ।


प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् बागमती प्रदेश र नेपाल साइक्लिङ संघले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रतियोगितामा जिल्ला साइक्लिङ संघ रसुवा र जिल्ला खेलकुद विकास समिति रसुवाले समन्वयको भुमिका निर्वाह गरेका थिए ।


बागमती प्रदेशलाई खेलकुदमार्फत पर्यटनसँग जोड्ने उद्धेश्यले प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले हाई अल्टिच्युड प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघि प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले दोलखामा राष्ट्रिय रिङ रेस्लिङ र सिन्धुपाल्चोकमा पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन प्रतियोगिता संयुक्त रुपमा आयोजना गरेको थियो ।


पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले विजेता खेलाडीलाई मेडल र नगद सहित पुरस्कृत गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष दावा तामाङले अर्को वर्ष जिल्लामा साइक्लिङको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।


प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले खेलकुदसँगै प्रदेशको पर्यटनलाई प्रबद्र्धन गर्न हाई अल्टिच्युड प्रतियोगितालाई निरन्तरता दिईने बताए । उनले भने, ‘हामीसँग भएको भौगोलिक विविधता र पर्यटनलाई खेलकुदसँग जोडेर देशको समृद्धिमा योगदान गर्ने योजना अनुसार शाहसीक तथा पर्यटकीय खेलकुदलाई प्रदेश सरकारले बिशेष जोड दिएको छ ।’

ढोरापाटनलाई गुरुङ स्पोर्ट्स हाउस भलिबलको उपाधि


गुरुङ स्पोर्ट्स हाउसको आयोजनामासञ्चालीतप्रथम गुरुङ स्पोर्ट्स हाउस कपराष्ट्रिय खुला भेट्रान्स पुरुषभलिबलप्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ । उपाधिजित्ने क्रममा ढोरपाटनले शनीबार सम्पन्नफाइनलमाआयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६,२५–२१,१५–२० ले हरायो ।


यसैगरी, मण्डली स्पोर्ट्स क्लबले एक नं प्रदेश रातोलाई २२–२५,२५–१८,२५–१९२३–२५,१५–१० ले हराउदै तेस्रो स्थानपायो ।
प्रतियोगितामा ढोरपाटनका प्रतापखवास उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी, गुरुङ स्पोर्ट्स हाउसकासन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर,एक नं प्रदेशका राम घताने उत्कृष्ट ब्लकर र ढोपराटनका मनबीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए । यसैगरी मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथाढोरपाटनका मन कुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार तथाअन्यविधागतउत्कृष्टले तीनहजार रुपैया पुरस्कार पाए ।


ढोरपाटन भलीबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमासम्पन्नप्रतियोगिताको उपाधिविजेताले १ लाख ११हजार १ सय ११ रुपैयातथाउपविजयी टोलीले ६१ हजार १सय ११ रुपैया पुरस्कार पाए । यसैगरी, तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पायो भने चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाएको् छ ।


विजेता टोलीतथा खेलाडीलाई प्रमुखअतिथी राखेप सदस्य एकेन्द्र कुवँर र विशिष्ट अतिथीनेपालभलीबल संघका कार्यबाहकअध्यक्ष यम गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।


प्रतियोगितालिगकम नकआउटको आधारमाभएको हो । एक टोलीमापाँच खेलाडी समाबेश थिए । चार खेलाडी मैदानमाउपिस्थितहुने प्राबधानरहेको थियो । प्रतियोगिताको आयोजनामाहङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबकाअध्यक्षबासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हालजापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्यभुमिका रहेको जनाइएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.