Advertisement

जवाद चक्रवात निम्न चापिय प्रणालीमा परिणत, आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

0 461

Advertisement

१९ मंसिर, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भई निम्न चापिय प्रणालीको रुपमा रहेको छ । नेपालको पुर्वी भुभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर १९ गते (आईतबार)

दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको ति प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

मंसिर २० गते (सोमबार)

दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

साथै सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही वाँकि भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

मंसिर २१ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ तथा अन्य प्रदेशका पहाडी भूभागमा आन्सिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.