Advertisement

निवासबाटै सर्वोच्च चलाउने जबराको सन्देश

0 534

Advertisement

१७ मंसिर, काठमाडौं । कोरोना लागेर सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले छिटै डिस्चार्ज हुने र निवासबाटै सर्वोच्च अदालत चलाउने सन्देश न्यायाधीशहरूलाई दिएका छन् । तीन दिनदेखि अदालतमा अनुपस्थित हुँदासमेत औपचारिक बिदामा नबसेका जबराले वरिष्ठतम न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी नदिने स्पष्ट संकेत गरेका छन् ।

धानन्यायाधीश कार्यालयमा उपस्थित नहुने र कामयमुकायमको जिम्मेवारीमा पनि कोही नरहने अवस्थाले अदालत नेतृत्वविहीन भएको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि १८ न्यायाधीश बिहीबार दिउँसो छलफलमा बसेका थिए । उनीहरूले बैठक हलबाटै जबरालाई फोन गरेर बिदामा बस्न र कायममुकायम तोकेर निकास दिन आग्रह गरेका थिए । तर, उनले सम्भवतः शुक्रबार डिस्चार्ज भएर सरकारी निवास बालुवाटार फर्किने जवाफ मात्रै दिए ।

‘हामीले दीर्घकालीन निकास त भनेका नै छौँ (राजीनामा), अहिले अल्पकालीन ९कायममुकायम०बारे प्रधानन्यायाधीशसँग आफैँ कुरा गरौँ न त भनेर हाम्रोतर्फबाट सामूहिक रूपमा हरिकृष्ण कार्कीले फोनमार्फत संवाद गर्नुभएको हो । उहाँलाई बारको प्रश्न ९न्यायालयको नेतृत्व को रु०बारे बताउँदै निकास दिन आग्रह गर्‍यौँ,’ एक न्यायाधीशले भने, ‘उहाँले सम्भवतः भोलि डिस्चार्ज हुने र बालुवाटार आउने कुरा गर्नुभएको छ । हेरौँ के हुन्छ ।’

नयाँ पत्रिका



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.