Advertisement

सर्वोच्च अदालनमा इतिहासमै नौलो अभ्यास : गोलाप्रथा प्रणालीबाट तोकियो मुद्दाको पेसी ३७ दिनपछि फर्किए इजलास फर्किए न्यायधीश

0 328

Advertisement

१५ मंसिर, काठमाडौं । बुधबार अर्थात आजको दिन सर्वोच्च अदालतमा इतिहासमै नौलो अभ्यास शुरु भएको छ । सर्वोच्चको इतिहासमा पहिलोपटक आज गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोकिएको छ ।

यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आउने चलन तोडिएको छ र गोला लागू भएसँगै प्रधानन्यायाधीशको तजबिज सकिएको छ । बुधबारका लागि गोलाप्रथाबाट बुधवार ११ वटा इजलास गठन पनि गरिएको छ ।

कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण, तामेली, मुद्दा फिर्तालगायतका मुद्दा हेर्दै आएपनि अब सबै किसिमको नियमित मुद्दा हेर्न इजलासमा फर्किएका छन् । सर्वोच्चका न्यायाधीश ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किएका हुन् ।

पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार बुधबारबाट नयाँ अभ्यास शुरु भएको हो । अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ । वरिष्ठताका आधारमा न्याायाधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि नयाँ अभ्यास थालिएको हो । सर्वोच्चको ७० वर्षे इतिहासमा यो पहिलो अभ्यास मानिएको छ । मंगलबार मात्रै नेपाल बार एशोसिएसनले विज्ञप्ति जारी गरेर गोला प्रक्रियाबाट पेसी तोक्ने कामको स्वागत गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.