Advertisement

आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सञ्चार उपकरण प्रदान

0 451

Advertisement

१३ मंसिर, काठमाडौँ । गृह मन्त्रालयअन्र्तगतको आपत्कालीन कार्य सञ्चालन केन्द्रको सुदृढीकरणका लागि आवश्यक विभिन्न सञ्चार उपकरण उपलब्ध गराइएको छ ।

एशियाली विपद् पूर्वतयारी केन्द्र(एडिपिसी)को कोभिड–१९ परियोजनाअन्तर्गत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) मार्फत रु १८ लाख ८६ हजार ४२२ मूल्यका ती सामान हस्तान्तरण गरिएको हो ।

आज यहाँ आयोजित कार्यक्रममा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव हुमकला पाण्डेलाई एडिपिसीका राष्ट्रिय प्रतिनिधि मानबहादुर थापाले ती सामग्री हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा सहसचिव पाण्डेले आपत्कालीन कार्य सञ्चालन केन्द्रको क्षमता अभिवृद्धिका लागि विभिन्न उपकरण प्रदान गरिएकामा आभार व्यक्त गर्दै यसबाट दैनिक कार्य सञ्चालनमा सहजता आउने बताउनुभयो ।

एडिपिसीका राष्ट्रिय प्रतिनिधि थापाले सरकारसँग नजिक रहेर विपद् व्यवस्थापनका कार्य गर्ने कार्यक्रमको लक्ष्यअनुसार नै केन्द्रको क्षमता वृद्धिका लागि केही सञ्चार उपकरण प्रदान गरिएको बताउँदै आगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहनेछ भन्नुभयो ।

एनडिआरसीका कार्यकारी निर्देशक श्यामसुन्दर ज्ञवालीले एपिपी कोभिड–१९ परियोजनाअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमको जानकारी दिँदै आपत्कालीन कार्य सञ्चालन केन्द्रको कार्यक्षमता बढाउन आज उपलब्ध गराइएका सञ्चार सामग्रीले सहयोग पुग्ने बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.