नेपाललाई इसाईकरण गर्न पैसाको खोलो बगाउँदै छन् !
दीर्घराज प्रसाई
१३ मंसिर, काठमाडाैं । सीआए र युरोपका पादरीहरु नेपाललाई इसाईकरण गर्न पैसाको खोलो बगाउँदै छन् ! यी सारा षडयन्त्र र दुर्गति रोक्न नेपालमा संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत कायम गरेर हामी सम्पूर्ण देशभक्त शक्ति सक्रिय हुनसक्नु पर्छ ! २०१७ सालमा श्री ५ महेन्द्रले यो अखण्ड सार्वभौम मुलुक नबचाएको भए नेपाल त्यहीबेलामा सिद्धिसक्थ्यो ।
श्री ५ महेन्द्रको नेतृत्वमा नेपाल अधिराज्यभरी जे जस्ता पूर्वाधारहरु निर्माण गरिएका थिए, जे जस्ता कार्यक्रमहरु तर्जुमा भएका थिए, तिनै मार्गदर्शनमा आजसम्म हामी नेपालीहरु हिडिरहेका छौं । २०४८ सालपछि नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले त नेपालको अधोगति गराउन हर प्रयास गरेको थियो । श्री ५ महेन्द्रको नेतृत्वमा निर्माण भएका नेपालका नाफामा रहेका चीन, रुस, लगायत कैयौं राष्ट्रबाट सहयोगार्थ निर्माण गरिएका सम्पूर्ण उद्योृगहरु गिरिजाप्रसादले राजा महेन्द्रको रिसले धेरै कमिसन खाएर भारतीयहरुलाई गुन्द्रुकको भाउ स्रेस्तामा देखाएर देशको टाट् पल्याएका थिए ।
गिरिजालाई देशको विकास भएको कतिठूलो रिस रहेछ । गिरिजा कति अपराधी कुलंगार ? गिरिजाले ट्रली-बसको वहाल बनाए, कपास खेती बाँजो पारे, कपडा उद्योग बन्द गराए । देशभरीका औद्योगिक क्षेत्रहरु वेवारिसे भए । नाफामा रहेको शाही बायुसेवा निगम ठेक्कामा दिएर देशले घाटा बेहार्नु प¥यो । भन्सार आफ्रनो नीजि बनाए । गिरिजाले यति लुटे त्यसको लेखाजोखा कहिले गरिएन । गिरिजाले लुटेको सम्पत्ती उनकी छोरी सुजाता जोष्टको नाममा स्वदेश विदेशमा राखिएको पनि खोजी गरिएन । देशलाई यस्तो चौपट्ट गरे गिरिजाले ।
त्यस्तै २०६३ सालपछि भारतीय कांग्रेस (आई र उसको जासूसी संस्था रअ को मार्गदर्शनमा माओवादी, एमालैलाई काँधमा बोकेर २०६३ सालपछि पनि पनि तिनैं देशद्रोही, भ्रष्ट गिरिजा नैं माथ्वरी बने । त्यसमा पनि फेरि २०७८ साल असार २९ गते कथित सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा अमेरिकाको एशारामा एसमसीसी पारित गराएरु अमेरिका र चीनको नेपालमा भीडन्त गराएर देश नैं डुबाउने देशद्रोही हिसाव कितावमा शेरबहादुरे छन् । कस्तो दूर्दशा होला यो स्वर्णभूमि नेपालको ? अहिले देशको अधोगति भएको देख्दा झल्झल्ती श्री ५ महेन्द्रको संझना आउँछ ।
बीपी कोइरालाको प्रजातान्त्रिक व्यत्तित्व आफ्रनै ठाउँमा छ । उनी त्योबेला भारतपरस्त बन्न पुगेकाले नेपाल माथि भारतको चरम हस्तक्षप र नेपाललाई आफ्रनो प्रभावक्षेत्र बनाउन खोजेको कुरामा उस्तो ध्यान नदिएकाले नेपालको अवस्था झन झन खतरनाक हुन लागेको थियो । त्योबेला नेपाल बचाउन राजा महेन्द्रले कदम चाल्नु अनिवार्य थियो । श्री ५ महेन्द्रको देनहरुको चर्चा गरेर यहाँ कांग्रेसको बिरोध गर्न खोजिएको होइन ।
स्मरणरहोस्- २०१७ साल अगाडि नेपालको यस्तो खतरनाक स्थिति यस्तो थियो–
(१) नेपालको जमीन दरिद गर्न र बिक्रि गर्न भारतीयहरु स्वतन्त्र थिए ।
(२) नेपालको एक जिल्लाबाट अर्को जिल्लामा जान भारतकै बाटो हिडनु पर्ने वाध्यता थियो, नेपालको अर्को कुनै विकल्प बाटाहरु थिएनन् ।
(३) नेपाल भित्र हिन्दी भाषाले ठुलो प्रभाव जमाएको थियो ।
(४)नेपाल भित्र भारतीय फौैज राखिएको थियो ।
(५) नेपालमा ९० प्रतिशत भारतीय मुद्रा मात्रको चलन चल्ती थियो । २०१७ साल अगाडि नेपालको अवस्था ठीक यस्तै थियो ।
कुनै पनि स्वतन्त्र एवं सावैभौमसत्ता सम्पन्न राष्ट्रको संरक्षण अर्काका देशका फौजहरुबाट हुँदैन आफ्नै देशका फौजहरु मात्र हुन्छ । एउटा स्वतन्त्र राष्ट्रको आफ्नै मुद्रा हुन्छ, आफ्नै भाषा हुन्छ । आफ्नो देशको भूभाग खरिद बिक्री गर्ने सम्पूर्ण अधिकार आफ्नै देशका जनताको मात्र अधिकारमा रहन्छ, विदेशीहरुको कुनै अधिकार हुँदैन । भारतमा त्यहाँका जनताले भारतीय नागरिक भएरै पनि सिक्किम र कास्मिरमा जग्गा किनबेच गर्न पाउँदैनन् भने नेपाल जस्तो सावैभौंम स्वतन्त्र राष्ट्रमा भारतका जनताले जग्गा खरिद बिक्री गर्न पाउने अधिकार खोज्नु भनेको नेपाललाई आफ्नो प्रभावमा लिनु थियो । आफ्नो देशको एक ठाँउदेखि अर्को ठाँउ जान आफ्नै बाटाहरु हुन्छन् ।
श्री ५ महेन्द्रबाट २०१७ सालको परिवर्तन पछि क्रमशः कुनै पनि विदेशीलाई नेपालको जमीन खरिद विक्री गर्नमा २०१८ सालमा मालपोत कार्यालयहरुमा निर्देशन गरेर रोक लगाइयो । पौष १ गतेको कदमपछि नेपाली भाषालाई राष्ट्र भाषाको रुपमा लागु गरियो र २०१९ सालको संविधानमा उल्लेख भयो । नेपालको पेटमा पहाड मदेश दुबैलाई सुबिधा हुने गरी पूर्व पश्चिम राजमार्गको लागि २०१८ सालमा गैडाकोटमा श्री ५महेन्द्रबाट शिलान्यास हुने काम भयो । नेपाली मुद्रालाई नेपाल अधिराज्य भरी अनिवार्य गराएयो । भारतीय फौज वीना सर्त नेपालबाट हटाइयो । यसरी श्री ५ महेन्द्रको नेतृत्वमा राष्ट्र निर्माणमा नेपालले चौतर्फीरुपमा अभियान नै जारी गर्यो । वास्तवमा २०१७ मा राजा महेन्द्रबाट परिवर्तन नभएको भए नेपालको अस्तित्व रहिरहने थिएन ।
पञ्चायती व्यवस्थालाई माध्यम बनाएर विभिन्न विचारमा विभाजित नेपाली जनतालाई एकतावद्ध गरेर नेपालको आर्थिक विकासको क्षेत्रलाई अगवाई गरेर श्री ५ महेन्द्रबाट भारत, चीन एवं मित्र देशहरु लगायत समाजवादी देशहरुको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभहुने संस्थानहरु स्थापित गराएर धेरै पछि परेको देश नेपालको चौतर्फी विकास, निर्माण प्रारम्भ गरिए ।
२०१७ सालको परिवर्तन पछि नेपालमा यस्तो जागरण आयो कि शिक्षा, स्वास्थ्य, यातायात, बाटोघाटोको निर्माण, सिंचाई, विद्युत र नेपाली जनतालाई नभइन हुने आवश्यकताको परिपूर्ति गराउदै राजा महेन्द्रले साहित्य कला क्षेत्रमा दु्रततर स्थान दिएर जनतालाई ठुलो पे्ररणा बक्सेको थियो । राजा महेन्द्र, नेपाल अधिराज्यका हर ठाँउमा जनताको घर दैलोमा पुगी जनताको दुःख सुख हेरी एउटा राजनेताको रुपमा परिचित होइबक्सियो ।
श्री ५ महेन्द्रबाट तराई क्षेत्रमा औलो उल्मूलन गराई आवश्यताअनुसार बाटोघाटो, शिक्षा, स्वास्थ्य, सिंचाइ, उद्योगहरूको व्यवस्था गरिएको हो। तराईका जनतालाई कहिल्यै पनि राज्यले पक्षपात गरेको छैन। तर केही विखण्डनकारीहरू तराईलाई विभेद गरिएको छ भनेर नेपालको एकतामा भाँजो हाल्न सक्रिय छन्। राजा महेन्द्रबाट १० बर्ष मात्र देश निर्माणमा हात हालेर देशलाई सलक्क उठाउने काम भयोे । राजा महेन्द्रले हात नहालेको कुनै क्षेत्र छैन जुन कुनै पनि अधुरा छैनन् । पञ्चायती व्यवस्थाको समयमा नेपालमा यति धेरै विकास भयो कि वास्तवमा पञ्चायतको समय एक स्वर्णकाल थियो ।
नेपालको एकीकरणपछि यो क्षेत्रका स–साना ५४ हिन्दुराज्यहरुलाई सम्राज्यवादी शक्तिको आक्रमणबाट बचाउन यो पवित्रभूमिलाई बिटुलो पार्न नदिएर एकीकृत भएको यो नेपाल अधिराज्य हो । त्यही राजसंस्था हो जस्ले सम्पूर्ण एकीकृत राज्यहरुका जाति, धर्म, संस्कृति बोकेका जनताको संरक्षण गर्दै एकताको मेओको रुपमा, चीन तथा भारतसँग पारस्परिक सम्बन्ध कायम राख्न सक्छ । सीआए र युरोपका पादरीहरु पैसाको खोलो बगाउँदै नेपालमा इसाईकरण पस्न सक्छ । त्योबेला नेपालको अवस्था कस्तो होला ?
एकीकरणपछि जन्मदैको हिन्दू अधिराज्य हो–नेपाल । विश्वमा नेपाल मात्र एक हिन्दु अधिराज्य भएकाले यो नेपालको पहिचान मात्र नभएर भारतलगायत विश्वका हिन्दूहरुको लागि पनि एक तीर्थस्थल हो । यसलाई बिथोलेर इसाईकरण गर्न खोज्ने दलका नेताहरु अपराधी हुन् ! कांग्रेस, एमाले, कांग्रेस पार्टीका नेताहरुले राष्ट्रका स्थापित मान्यताको संरक्षणार्थ नेतृत्वको भूमिका पदान गर्नु पर्नेमा बिगार्ने र भत्काउने मात्र काम गरे । यिनीहरु इतिहासको कलंकित उदाहरण बनेकाछन् ।
नेपाल प्राचीनकालदेखिको एक सार्वभौमसत्तासम्पन्न राष्ट्र हो भने विश्वको एक मात्र हिन्दुअधिराज्य भएकाले नाताले भारत लगायत संसारका अन्य हिन्दुहरुको पनि नेपालसँग सरोकारको विषय भएकाले हिन्दुअधिराज्य यथावत राख्नुको विकल्प छैन । यसरी संवैधानिक राजसंस्था र हिन्दू अधिराज्य यथावत रुपमा कायम रहेपछि सीआए र युरोपका देशहरु नेपाललाई इसाईकरण गर्ने सारा षडयन्त्रहरु असफल हुन्छन् । धर्मनिरपेक्षता, गणतन्त्र, जातीय–संघात्मक राज्यको भाषाको पक्षमा लागेर देश र जनतालाई धोका दिनेहरुको बिरुद्ध अव सशक्त हुनुपर्ने बेला छ ।
त्यसैले देश बचाउन २०४७ सालको संविधानका अपरवर्तनीय बुँदालाई कायम गरेर नेपाल बचाउन सक्नु अहिलेको ठूलो आवश्यकता हो । पूण्यभूमि नेपाललाई हामी नेपालीहरुले ज्यान समर्पण गरेर पनि जोगाउनु पर्छ . हिमालयको काखमारहेको पूण्यभूमि नेपाल,विश्वका एक अरबौं हिन्दु–बौद्धहरुको लागि तीर्थस्थल हो जहाँ हिन्दुअधिराज्य–नेपाल र राजसंस्था राष्ट्रिय एकताको प्रतीक रहन्छ। अतः अव यी सारा षडयन्त्र र दुर्गति रोक्न नेपालमा संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत कायम गरेर नेपालको प्रतिष्ठालाई कायम राख्न हामी सम्पूर्ण देशभक्त शक्ति सक्रिय हुनसक्नु पर्छ ।