Advertisement

पदमार्गमा भरिया सुविधा

0 422

Advertisement

०९ मंसिर, फुङ्लिङ । ‘दुई सय रुपैयाँमा मानिसको ढुवानी गरिन्छ’ यो सुन्दा अनौठो लाग्न सक्छ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने दुई सय रुपैयाँमा भरियामार्फत विगतदेखि नै ढुवानी हँुदै आएको छ ।

यातायात अन्तर्गत सवारीसाधन र हवाई मार्गमा हेलिकप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरियामार्फत ढुवानी गर्ने गरिएको छ । पाथीभराधाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाइमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रुपमा सहज भए पनि सहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । यही अवस्थालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा रहेको पदमार्गमा भरिया सुविधाको व्यवस्था गरिएको हो ।
पाथीभरा क्षेत्रको पदमार्ग यात्रा गर्नेका लागि भने निक्कै नै सजिलो रहेको छ । करिब दुई मिटर चौडा र पैदलयात्रा सहज हुनेगरी वारपार ढुङ्गा विछ््याइएको छ ।

पाथीभरा क्षेत्रको तल्लो फेदी (काफ्लेपाटी) देखि सुरु हुने पदमार्गको दूरी पाँच किलोमिटर छ । करिब अढाइघण्टा यात्रा गरेर उक्त दूरीको पदमार्ग पूरा गरी पाथीभरा धाममा पुगिन्छ ।

यद्यपि, उकालो र ओरालो हिँड्नुपर्ने हुँदा ज्येष्ठ, बालबालिका तथा हिँड्न नसक्ने नागरिकलाई पदयात्रा गर्न गाह्रो हुनेगर्दछ । पदयात्रा गर्न नसक्नेका लागि पाथीभरा क्षेत्र होटल व्यवसायी महासङ्घको समन्वयमा भरिया सुविधाको व्यवस्था मिलाइएको छ । हाल पदयात्रा गर्न नसक्ने पर्यटक वा तीर्थयात्रीले प्रतिकिलोग्राम एकसय रुपियाँ तिरेर भरिया सुविधा उपभोग गर्न पाउँदै आएका छन् । उक्त ढुवानी रकम तल्लो फेदीदेखि पाथीभरा धामसम्मका लागि भरिया आफैँले निर्धारण गरेका हुन् । धामदेखि पुनःफेदीसम्म भरियालाई बोकाएर फर्कनुपरे प्रतिकेजी एकसय रुपियाँ नै तिर्नुपर्ने हुन्छ ।

भरियाले मान्छे ढुवानी सुविधा दिनुपर्दा तौल भने नगरी अनुमान गरेर बोक्ने गरेको बताउँछन् । भरिया काम गर्दै आउनुभएका पासाङ शेर्पाले अनुमानमा दुई÷चार केजी तौल फरक परे पनि तीर्थयात्रीले आफ्नो तौल बताउने र सोही अनुसार ढुवानी रकम लिने गरेको जानकारीदिनुभयो । भरिया सुविधा १५–२० देखि ११५ केजीसम्म तौल भएका तीर्थयात्रीलाई दिने गरेको उहाँले बताउनुभयो । धेरै तौल हुने तीर्थयात्रीलाई तीन÷चार जनाको समूह मिलेर बोक्ने गरेको भरिया बताउछन् ।

उकालो र धेरै उचाइ क्षेत्रमा भारी बोक्नलाई गाह्रो हुने भए पनि तीर्थयात्रीको सुविधा र भरिया सुविधा दिएबापत पाइने पारिश्रमिकलाई हेरेर भरिया कर्ममा खट्दै आएको उनीहरुको भनाइ छ । हिजोआज सिजनका बेला दिनमा न्यूनतम् तीन हजार रुपियाँ रोज बस्ने पनि उनीहरु बताउछन् । भरियाको कार्य गर्नलाई तीनसय बढीले सम्पर्क गरेका भए पनि अहिले दसैँ तिहारको मौसममा करिब एकसय जना नियमित खटिदै आएका पाथीभरा क्षेत्र होटल व्यवसायी महासङ्घले जनाएको छ ।

भरियाको काम गर्नेमा केही महिलासमेत रहेका छन् । तीर्थयात्री र उनीहरुको बन्दोबस्तीका सामग्रीसमेत भरियाले बोक्ने गरेका छन् । अहिलेको पाथीभरा दर्शनको मुख्य मौसममा दर्शनार्थीको बाक्लो उपस्थिति हुने गर्दछ । भरियासुविधाको व्यवस्था भएका कारण पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई राहत मिलेको छ भने भरियाका लागि पनि राम्रो आम्दानीको स्रोत बनेको बताइएको छ ।

यसरी पाथीभरा दर्शनमा जाने पर्यटक तथा तीर्थयात्रीलाई सदरमुकाम फुङ्लिङ हुँदै तल्लो फेदीसम्म यातायातको सुविधा रहेको छ । त्यस्तै हवाई मार्गमार्फत आउन चाहानेले काठमाडौँ, झापाको चन्द्रगढी र धनकुटाको भेरेटारबाट हेलिकप्टर सुविधा पनि सेवा प्रदायक कम्पनीले दिँदै आएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.