Advertisement

तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक

0 514

Advertisement

०३ मंसीर, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ ।

विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो ।

विभागले मारूती र युनाइटेड सिमेन्टको ओपीसी सिमेन्ट र जगदम्बाको पीपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको जानकारी दिएको छ ।

विभागले प्रेस विज्ञप्ति जारी गर्दै सिरहास्थित मारूती सिमेन्टको ओपीसी ४३ ग्रेडको (नेपाल गुणस्तर ५७२)को संकलित नमूनाको बलियोपना तोकिएको गुणस्तरअनुसार नभएको भन्दै विक्रीमा रोक लगाएको हो ।

ओपीसी ४३ ग्रेडको उत्पादित सिमेन्टको बलियोपन ७ र २८ दिनको मान न्यूनतम ३३ र ४३ हुनुपर्नेमा मारूती सिमेन्टको यस्तो मान ३१ र ३७ रहेको भेटिएको छ ।

विभागले गरेको बजार अनुगमनका क्रममा सिमेन्टको गुणस्तरअनुसार उत्पादन नभएको भन्दै उक्त उद्योगको ४३ ग्रेडको ओपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ ।

विभागले बजारमा गएको उक्त उत्पादन फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

यसैगरी धादिङस्थित युनाइटेडको ५३ ग्रेडको ओपीसी सिमेन्टमा पनि हुनुपर्ने मान नभएको भेटिएको छ । सिमेन्टको संकलित नमूनाको बलियोपन ७ र २८ दिनको मान क्रमशः ३५ र ३९ भेटिएको छ । यसको मान भने न्यूनतम ३७ र ५३ हुनुपर्छ ।

विभागले सो उद्योगलाई पनि १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ, भने बजारमा गएका ती उत्पादन फिर्ता लिन पनि भनेकोे छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.