Advertisement

इन्द्रेश्वरीमा ‘भूकम्प शिक्षा कार्यक्रम’

0 378

Advertisement

३० कात्तिक, सिन्धुपाल्चोक । इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ । भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न स्वीजरल्याण्डको लुजान विश्वविद्यालयका सहयोगमा सञ्चालित ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत सो कार्यक्रम भएको इन्द्रेश्वरी माविका शिक्षक लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रशिक्षक भूकम्पविज्ञ शिव सुवेदीले पश्चिम नेपालमुनि जम्मा भएको शक्तिको कारणले आठ रेक्टरभन्दा ठूलो भूकम्प जति बेला पनि जान सक्छ भन्ने तथ्य धेरै अनुसन्धानले देखाएको बताउँदै भूकम्प प्राकृतिक विपत्ति भएकाले रोकथाम सम्भव नहुने हुँदा यसको असर कम गर्न सक्ने आधार पूर्वतयारी भएको बताउनुभयो ।

मेलम्ची नगरपालिकाको सहयोगमा इन्द्रेश्वरी माविमा सिस्मोमिटर राखिएको निवर्तमान प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । सिस्मोमिटर राख्दा विद्यार्थी तथा समुदायमा भूकम्प नाप्ने यन्त्र कस्तो हुन्छ, कसरी नाप्छ, भूकम्प किन जान्छ, भूकम्प जाँदा कुन–कुन तरङ्गले कसरी हाम्रा संरचनामा क्षति पु¥याउँछ भन्ने अध्ययन गर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो ।

‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत नेपालका २२ स्कुलमा भूकम्प मापक यन्त्र जडान गरिसकिएको विज्ञ शिव सुवेदीले जानकारी दिनुभयो । साथै शैक्षिक कार्यक्रम गर्ने, यन्त्र जडान गर्ने तथा अन्य प्राविधिक सहयोग गर्ने पनि सुवेदीले जनकारी दिनुभयो ।

सिन्धुपाल्चोकका दुई कराते प्रशिक्षकलाई अन्तर्राष्टिय मान्यता

सिन्धुपाल्चोकका दुई कराते खेलाडीले अन्तर्राष्ट्रिय कराते प्रशिक्षकको अनुमति प्राप्त गरेका छन् । विश्व कराते महासङ्घले सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका सानुबाबु गिरी र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका राजनमान श्रेष्ठलाई अन्तर्राष्ट्रिय प्रशिक्षकको लाइसेन्स प्रदान गरेको हो ।

दुवैमा यही कात्तिक २८ गते भएको प्रतिस्पर्धामा सिन्धुपाल्चोकका दुई जनाले अन्तर्राष्ट्रिय प्रशिक्षकको अनुमतिपत्र तथा प्रमाणपत्र प्राप्त गरेका हुन् । लामो समय नेपालमा कराते क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका सानुबाबु गिरीले अन्तर्राष्ट्रिय प्रशिक्षकको अनुमति पाएकोमा खुशी लागेको बताउनुभयो । नेपाल गोजुरियो कराते सङ्घका केन्द्रीय सचिव रहनुभएका गिरीले आउँदा दिनमा अझै उत्साहका साथ खेल क्षेत्रमा लाग्ने हौसला मिलेको बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.