Advertisement

नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीद्वारा नेपाल बन्द घोषणा

0 379

Advertisement

२५ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृछि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लव नेतृत्वको पार्टीले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावशयक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै बन्द आव्हान गरेको छ । आज बिहिबार जारी गरिएको प्रेस वक्तव्य अनुसार २५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी प्रदर्शन, र २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजामको घोषणा गरेको छ । त्यस्तै, २९ कात्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो ।

वक्तव्यमा भनिएको छ– जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको छ । यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरियो ।

वक्तव्यमा अगाडी लेखिएको छ– जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु. १३६ मा बिक्रि गरिने छ । विज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ? पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि बृद्धि हुनेछ । भर्खरै भएको मूल्य बृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्बजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौं गुणा बढी मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ । साथै जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.