Advertisement

फजुल खर्च घटाउँछौँ : मुख्यमन्त्री पाण्डे

0 538

Advertisement

२२ कात्तिक,मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फजुल खर्च घटाउनेतर्फ आफुले ध्यान दिने बताउनुभएको छ । वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा उहाँले विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्ने क्रममा अनावश्यक प्रशासनिक खर्च घटाएर जनताको आर्थिक अवस्थामा सुधार हुने कार्यक्रम ल्याइने बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले मौजुदा संविधान, सङ्घीयता र प्रजातन्त्रको संवद्र्धनका लागि गठबन्धनको सरकार अपरिहार्य रहेको स्पष्ट पार्नुभयो । सरकारले विभिन्न जिल्लामा पारदर्शी र निष्पक्षका साथ विकासका पूर्वाधारका लागि योजना र बजेट बाँडफाँड गरिने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गरिने उल्लेख गर्नुभयो ।

गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संविधान, संसदीय प्रजातन्त्र र सङ्घीयतालाई जीवन्त पार्न गठबन्धन दलबीच सहमति आवश्यक भएको धारणा राख्नुभएको थियो ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले मौजुदा सरकारले प्रदेशको विभिन्न जिल्लाका जनतालाई प्रभाव पार्ने नीति कार्यक्रम, आर्थिक योजना र आर्थिक मितव्ययिता ल्याउने कार्यक्रम स्पष्ट नभएको आरोप लगाउनुभएको थियो । नेपाल मजदुर किसान पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले दलहरुले दलगत स्वार्थका लागि मात्र काम गरेको धारणा राख्नुभएको थियो । बैठकमा विवेकशील साझा पार्टीको संसदीय दलका नेता रमेश पौड्याल र जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता प्रेमबहादुर तामाङले समेत आफ्नो धारणा राख्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.