Advertisement

सुनकोसीको पानी ४५ गाउँमा खुुवाइने

0 470

Advertisement

१६ कार्तिक, सुनकोसी (सिन्धुली) । पिउने पानीको अभाव खेपिरहेका सिन्धुलीको सुनकोसी गाउँपालिकाका ४५ गाउँबस्तीका करिब दुई हजार पाँच सय घरमा सुनकोसीको पानी पु¥याउने लक्ष्यसहित खानेपानी परियोजना अगाडि बढाइएको छ ।

सो परियोजना सुनकोसी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा सञ्चालन गरिने छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मन्थलीका प्रमुख राजेन्द्र सापकोटाका अनुसार परियोजनाको अन्तिम लागत अनुमान तयार भई विभागमा पेस गरिएको छ ।

दुई वर्षमा निर्माण सम्पन्न हुने गरी सम्भवतः मङ्सिरसम्ममा परियोजनाको टेन्डर प्रक्रिया सुरु हुने प्रमुख सापकोटाले जानकारी दिनुभयो । निर्माण सम्पन्नपछि एक वर्षसम्म परियोजनाको सञ्चालन, मर्मत निर्माण कम्पनीले नै गर्नेछ । सङ्घीय सरकारको करिब ४९ करोड लगानीमा निर्माण गरिने सो परियोजनाबाट सुनकोसी गाउँपालिका वडा नम्बर ५ र ६ का दुई हजार ४८० घरमा धारा जडान गरिने प्रमुख सापकोटाले बताउनुभयो । खानेपानी परियोजनामा स्थानीय जनश्रम व्यवस्थापन र सहयोगका लागि नागेडाँडा लिफ्ट खानेपानी उपभोक्ता समूूह गठन गरिएको छ ।

समूूहका अध्यक्ष सुदीप हायूका अनुसार खानेपानी परियोजना सञ्चालनको प्रक्रिया अगाडि बढेसँगै सुनकोसीको पानी पिउने सपना पूरा हुन्छ कि भन्ने आशा स्थानीयवासीमा बढेको छ । गाउँबस्तीका चिया पसल र चौतारीमा गाउँलेबीच तर्क–वितर्क चल्न थालेको छ ।
अध्यक्ष हायूका अनुसार गाउँलेले सुनकोसीको पानी तानेर गाउँमा धारा झर्ला त ? भन्ने आशङ्कासमेत राखेका छन् । गाउँलेले आशा र आशङ्का राख्दै भन्ने गरेका छन्, “बिजुलीले पानी तान्ने भनिएको छ, एक वर्ष आएर बन्द पो हुने हो कि ?” स्थानीय शिक्षिका सरस्वती दाहालले सुनकोसी बगेको हेरेर वर्षौंदेखि पालिएको पानी पिउने सपनाले साकार रूप लिने विश्वास व्यक्त गर्नुभयो ।

सुनकोसीको पानी तानेर डाँडा डाँडाका सुक्खा बस्तीमा वितरण गर्ने परियोजना सञ्चालनको खबरबाट सबैभन्दा बढी महिला नै खुसी भएको चर्चा गर्दै शिक्षिका दाहालले भन्नुभयो, “परियोजना ठूलो छ, निर्धारित समयमा नै सम्पन्न गर्न र गुणस्तरीय कामका लागि स्थानीय उपभोक्ताले समेत साथ, सहयोग र निगरानीमा ध्यान दिनुपर्छ । ”

स्थानीय प्रमोद दाहालले सुनकोसी क्षेत्रमा हरेक वर्ष सुक्खा लाग्ने र डाँडापाखाका पानीका मुहान सुक्ने भएकाले प्रायः पानीको समस्या भइनै रहने बताउनुभयो । खानेपानीका मुहान सुक्दा कतिपय गाउँवासीले एक खेपको तीन हजार रुपियाँसम्म तिरेर सुनकोसीको पानी ढुवानी गरेर उपभोग गर्दै आएको दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो प्रयासपछि सुनकोसीका सुक्खाग्रस्त गाउँमा पानी पु¥याउने परियोजना सुनिश्चित भएको छ । सबैको साथ र सहयोगलेमात्रै यो परियोजना सफल हुनेछ । ” सुनकोसी गाउँपालिका–६ का अध्यक्ष लक्ष्मी तिमल्सिनाले लामो प्रयासपछि खानेपानी परियोजना सञ्चालनमा आउन लागेकोमा स्थानीयवासीमा खुसी छाएको बताउनुभयो ।

सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहालले परियोजना सञ्चालनमा गाउँपालिकाको तर्फबाट सम्पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “शुद्ध पिउने पानी नागरिकको अधिकार हो । यसका लागि गाउँपालिकाले समेत काम गर्दै आएको छ । परियोजनाको टेन्डर प्रक्रिया छिटो निकाली निर्धारित समयमा नै जनताको घरमा धारा खसाल्नुपर्छ । ”

स्थानीय प्रमोद दाहालका अनुसार विस्तृत परियोजना प्रतिवेदन तयार पार्न आर्थिक वर्ष २०७५/७६ मा एक करोड रुपियाँ बजेट निकासा भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७७ मा छ करोड ९० लाख र यस आर्थिक वर्षमा आठ करोड रुपियाँ बजेट निकासा भएको छ । सो परियोजनामा सुनकोसीका दुई स्थानमा इनार खनिने छ । खाल्टेको गड्यौली खोलामा र मुल्कोटमा गरी दुई स्थानमा इनार निर्माण गरी पानी निकालिने छ । सो पानीलाई पम्पमार्फत करिब एक हजार १५० मिटर उचाइमा पु¥याएर गाउँगाउँमा वितरण गरिनेछ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाबाट सो परियोजना अगाडि बढाइएको हो । सोअन्तर्गतका परियोजनामा ९० प्रतिशत लागत नेपाल सरकार र १० प्रतिशत जनसहभागिता रहन्छ । १० प्रतिशत सहभागितामध्ये पनि उपभोक्ताले एक प्रतिशत अग्रिम नगद जम्मा गर्नुपर्ने हुन्छ । त्यस्तै जग्गा व्यवस्थापन, संरचना निर्माण, पाइप पुर्ने र धारा जडान गर्नेलगायत कार्यमा उपभोक्ताले नौ प्रतिशत श्रमदान गर्नुपर्ने हुन्छ । जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाहरू नेपाल सरकारले सुक्खा क्षेत्र घोषणा गरेका स्थानहरू र सङ्घीयस्तरका खानेपानी आयोजना सञ्चालन गरिन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.