Advertisement

फ्रान्स र बेलायतका नेताहरू मत्स्य विवादको निरूपण गर्न सहमत

0 306

Advertisement

१४ कार्तिक, एजेन्सी । फ्रान्स र बेलायतका नेताहरू ब्रेक्जिटपछिको माछा मार्ने अधिकारलाई लिएर उठेको विवादलाई शीघ्र समाधान गर्न सहमत भएका छन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसन ब्रेक्जिटपछिको माछा मार्ने अधिकारलाई लिएर उठेको विवाद समाधान गर्न ‘व्यावहारिक परिचालन उपायहरू’मा काम गर्न सहमत भएका बताइएको छ।

म्याक्रोनको कार्यालयले जनाएअनुसार दुई नेताहरूले रोममा भएको जी–२० शिखर सम्मेलनको मार्जिनमा लगभग २५ मिनेट छलफल गरेका थिए। सो अवसरमा दुई नेताहरू ‘जति सक्दो चाँडो’ ठोस कामका साथ उक्त विवादको शीघ्र निरूपण गर्नुपर्ने विषयमा सहमत भएका हुन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.