Advertisement

जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

0 327

Advertisement

१४ कातिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काई दिएको छ । सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगको छ ।

“बिहानको झिसमिसेमै आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ”, सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भन्नुभयो, “पूरै भवनको पर्खाल भत्काई दिएकाले ठूलै क्षति भएको छ ।” कार्यालयभित्र राखेका सबै सामान कामै नलाग्ने गरी क्षति भएको उहाँले बताउनुभयो ।

केही दिनअघि देखि हात्तीको बथान सामुदायिक वन क्षेत्रमै रहँदै आएकाले सतर्कता अपनाउँदै आएको उहाँले जानकारी दिनुभयो । सतर्कता अपनाउँदा अपनाउँदै पनि एकाएक आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ । कार्यालयमा चौकीदारलगायत वनका पदाधिकारी कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

केही दिनअघि मात्रै हात्तीको बथानले बेलडाँडी गाउँ नजिकै रहेको थारू सङ्ग्रहालयको भवनसमेत भत्काई क्षति गरेको थियो । झण्डै दुई साताअघि मात्रै शुक्लाफाँटा– १२ वसन्तपुरका दम्पतीको हात्तीले आक्रमण गरी ज्यान लिएको थियो । गत वर्षसमेत शुक्लाफाँटा–१ बन्साहामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.