Advertisement

सुदूरपश्चिममा कोरोना सङ्क्रमण जोखिम बढ्दै

0 571

Advertisement

१४ कात्तिक, बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ । गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दसैँ तिहारका बेला घरबाहिर रहेका गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँघरमा भिडभाड बढेको छ, परीक्षण हुनपाएको छैन, यसले जोखिम बढाएको छ ।” यसका साथै कात्तिक पहिलो साताको अविरल वर्षापछि विस्थापितहरु एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा अवस्थीको भनाइ छ ।

बेमौसमी वर्षाले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन् । उनीहरुको परीक्षण गरिएको छैन । परीक्षण ग¥यो भने सङ्क्रमणको अवस्था अझै बढ्ने आकलन गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण नगर्ने गरेकाले पनि झनै जोखिम बढेको डा अवस्थीले बताउनुभयो ।

“लक्षण देखिएको तथा बिरामी भएको धेरै समयपछि उपचारका लागि आउने गर्दा सङ्क्रमण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “समयमै उपचारका लागि नआउँदा अकालमै ज्यान समेत गुमाउने गरेका छन् ।

पछिल्लो केही सातायता दिनहुँजसो सङ्क्रमणका कारण मृत्यु हुने गरेको छ । समयमै उपचारका लागि नआउदा मृत्यु हुने दर बढेको जनाइएको छ । उहाँले कोरोना सङ्क्रमणसँग मिल्दा जुल्दा लक्षण देखिनासाथ हेलचेक््याई नगरी समयमै उपचार गर्न आग्रह गर्नुभयो ।

हालसम्म ६०४ को मृत्यु, चार लाखको परीक्षण

सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब चार लाख व्यक्तिको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तीन लाख ८४ हजार चार जनाको परीक्षण गरिएको छ । त्यसमध्ये ४७ हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

हाल यस प्रदेशमा १९८ सक्रिय सङ्क्रमित रहेका छन् । सोमध्ये ३७ जना सङ्क्रमित संस्थागत आइसोलेशनमा बसिरहेका निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्य सबै होम आइसोलेशनमा बसिरहेका छन् । कोरोनाकै कारण यस प्रदेशमा ६०४ जनाको मृत्यु भइसेकेको छ ।

प्रदेशभर सङ्क्रमितका लागि भन्दै एक हजार ७७२ आइसोलेशन बेड तयारी अवस्थामा रहेका छन् । यसका साथै प्रदेशका विभिन्न अस्पतालमा ९७७ बेड, भेन्टिलेटर ३५, आइसोलेशन बेड ४२१, एचडियू १३९, आइसियु ६९, कोभडि एचडियु बेड १२६, कोभिड सघन उपचार कक्ष ५४ र कोभिड भेन्टिलेटर २१ रहेका छन् ।

यस प्रदेशको भारतसँग सीमा जोडिएका पाँच नाकामा पनि परीक्षणको काम भइरहेको छ । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट र जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा परीक्षणको काम भइरहेको छ । भारतबाट भित्रिनेको अनिवार्य रुपमा यी नाकामा परीक्षण भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.