Advertisement

५ देखि ११ वर्षका बालबालिकालाई कोरोना खोपका लागि फाइजरको पक्षमा निर्णय

0 184

Advertisement

१० कार्तिक, काठमाडाैँ । पाँच देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना विरुद्धको खोपलाई लिएर अमेरिकी सरकारको एक समितिले फाइजरको पक्षमा निर्णय गरेको छ। 

अमेरिकी नियामक संस्था एफडीए (फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन) ले मंगलबार यस फेसलालाई समर्थन गरेको छ। 

अब यसले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेशनबाट इजाजत पाउनेछ। नोभेम्बर २ सम्ममा यसबारे निर्णय हुने आशा गरिएको बीबीसीले जनाएको छ। फाइजरले इजाजत पाएको अर्को दिनबाट नै खोप अभियान सुरु हुन सक्ने जनाइएको छ।

अमेरिकामा पहिलाबाट नै ५ देखि १२ वर्षका बालबालिकालाई खोप दिइरहिएको छ। सेप्टेम्बरमा कम्पनीले परीक्षणका क्रममा खोप बालबालिकाका लागि सुरक्षित रहेको पाइएको जनाएको थियो।

फाइजरको खोप १२ या त्यसभन्दा माथिका बालबालिकाकामा लगाउनका लागि मान्यता प्राप्त भइसकेको छ।

सोमबार माडर्नाले खोप बालबालिकामा कोरोनासँग लड्ने एन्टीबडी विकसित गर्न सक्षम पाइएको र नियामकलाई आफ्नो परीक्षणको तथ्यांक उपलब्ध गराउने जनाएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.