नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व
०७ कात्तिक, काठमाडौं । नेपाल लघुवित्त बैङ्कर्स संघको पन्ध्रौं साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी दुई वर्षका लागि संघको नयाँ कायर्स मितिको निर्विराधे चयन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सिईओ प्रकाश राज शर्मा चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका सिईओ मिन बहादुर बोहरा, महासचिवमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका राम बहादुर यादव, कोषाध्यक्षमा उन्नति सहकार्य लघुिवत्त वित्तीय संस्थाका सिईओ प्रेम बहादुर पाठक, सचिवमा सबैका लघुवित्त वित्तीय संस्थाका सिईओ केशव कुमार पौडेल चयन भएका छन् ।
त्यसैगरि,सदस्यहरुमा जन उत्थान लघुवित्त वित्तीय सस्ंथाका सिईओ श्रीराम पोखरेल, महुली लघुवित्त वित्तीय संस्थाका सिईओ गंगाधर पाण्डे, इन्फिनिटी लघुिवत्त वित्तीय संस्थाका सिईओ प्रविण कुमार लामा, आशा लघुवित्त वित्तीय संस्थाका सिईओ बद्री प्रसाद दुलाल, सिभिल लघुवित्त वित्तीय संस्थाका सिईओ विनोद आचार्य र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाका सिईओ बिमला योगी रहेका छन् ।
नेपाल लघुवित्त बैङ्कर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ । साथै विद्यमान ७० मध्ये ५० वटा लघुवित्त संस्थाका यसका सदस्य छन ।