Advertisement

नैतिकतामा आँच आउन नदिन एमालेमै रहेँ : अष्टलक्ष्मी शाक्य

0 602

Advertisement

०४ कार्तिक, काठमाडाैँ । बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नैतिकतामा आँच आउन नदिन एमालेमै रहेको दाबी गरेकी छन्। बिहीबार विश्वासको मतमाथिको छलफलमा बोल्दै उनले यस्तो दाबी गरेकी हुन्।

‘मैले मेरो नैतिकतामा आँच आउने कुरामा कतै सहमति गरिनँ’, शाक्यले भनिन् ‘केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा विरोध गरेर फिर्ता भएको थियो। तर, त्यही अध्यादेशलाई त्यसभन्दा निकृष्ट रुपमा ल्याइयो। यही अध्यादेशका आधारमा नेकपा एमाले विभाजन भएको सूचना प्रदेश सभामा पनि दर्ता भयो।’  

उनले संविधानको भावाना अनुसार विश्वासको मत लिन प्रस्ताव पेस बताइन्। संघीय गणतन्त्रमाथि चौतर्फी आक्रमण भएको भन्दै शाक्यले यसको रक्षामा सबै अग्रसर हुनुपर्ने धारणा राखिन्।

एमाले विभाजन हुनुभन्दा केही समयअघि मात्र शाक्य मुख्यमन्त्री भएकी थिइन। मुख्यमन्त्री रहेका डोरमणि पौडेलले राजीनामा दिँदै उनलाई मुख्यमन्त्री बनाइएको थियो। दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था अनुसार उनले असोज २४ गते प्रदेश सभामा प्रस्ताव पेस गरेकी थिइन्। दशैंअघि दर्ता भएको प्रस्तावमा आज छलफल भएको हो। 

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधानअनुसार विश्वासको मतको प्रस्ताव पेस गरेको शाक्यले बताइन्। प्रदेशसभामा एमालेको स्पष्ट बहुमत हुँदा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.