Advertisement

सेनाको उद्धार कार्य

0 420

Advertisement

०३ कात्तिक,काठमाडौं । नेपाली सेना केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएको बाढी÷पहिराका घटनाबाट प्रभावित जनताको सहयोग, खोज, उद्धार र राहत कार्यमा परिचालित भएको छ ।

महाकाली नदीको बाढीका कारण भीमदत्त नगरापालिका–९ स्थित ब्रम्ह्देव इलाका डुबानमा फसेका पाँच जनालाई सेनाले हवाई उद्धार गरी सुरक्षित स्थानमा लगेको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ ।

सोही जिल्लाको दोधारा चाँदनी नगरपालिका–८, ९ र १० तथा भीमदत्त नगरपालिका–११ र १२ डुबानमा परेका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सेनाले खाद्यान्नसहितको राहत उपलब्ध गराएको छ । कालिकोटको लालीघाट र जितेगडा बजारमा कर्णालीको बाढीले पसलमा क्षति पुु¥याएपछि सेनाको सहयोगमा पसलका सामग्री सुरक्षित स्थानमा राखिएको छ ।

महाबै गाउँपालिका–७ राम्नीमा पहिराबाट एक घर पुरिनका साथै ६० घरधुरीका जोखिममा रहेकाको उद्धारमा पनि सेना जुुटेको छ । बझाङको जयपृथ्वी नगरपालिका–३ स्थित पणेश इलाकामा गएको पहिराबाट माछापोखरी तथा कुखुरा फार्म जोखिममा परेपछि त्यसलाई जोगाउन सेनाले सहयोग गरेको छ ।

डडेलधुराको अमरगढी नगरपालिका–१ भातकाडा इलाकामा पहिरोबाट घर पुुरिँदा घाइते भएकालाई सेनाले अस्पताल पु¥याएको छ । कैलालीको टीकापुर नगरपालिका–५, ६, ७ र ८ तथा भजनी नगरपालिका र जोशीपुर गाउँपालिका डुबानको उच्च जोखिम देखिएपछि सेना त्यसको रोकथामका लागि खटिएको छ ।

बर्दियाको राजापुर नगरपालिका–१, २ र ३ का डुबान प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरणका साथै डोटीको दिपायल सिलगढी नगरपालिका–४, ५ र ६ का बाढी पहिरो प्रभावितलाई सेनाले खाद्यान्नसहित राहत उपलब्ध गराएको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका, तरहरा, पानीपिया र मोरङको विराटनगर–५ हिरियाटोल डुबानमा परेकाको पनि सेनाले उद्धार गरेको छ । धनकुटाको चौबिसे गाउँपालिका–१मा पहिरामा घर परी बेपत्ता भएका चार जनामध्ये तीन जनाको सकुुशल उद्धार गरेको र एक जनाको खोजी जारी जानकारी दिइएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ मा पहिरामा परी निधन भएका दुई जनाको शव निकाल्न पनि सेनाले सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.