Advertisement

योएक डलरको नोट

0 746

Advertisement

२५ असाेज, काठमाडौं । योएक डलरको नोट अमेरिकाको सबैभन्दा सानो मूल्य अंकित प्रिन्टेड मुद्रा हो । यो भन्दा कम मूल्यको मुद्रा सिक्कामा मिन्ट हुने गर्छ । अमेरिकामा नोटको सट्टा ‘बिल’ भनेर पनि यसलाई चिनिन्छ । अमेरिकी डलर मूल्यका हिसाबले संसारकै सबैभन्दा दह्रो मुद्रा त होइन । केही खाडी मुलुकका रियाल, ब्रिटिस पाउन्ड र युरोको क्रयशक्ति वा भाउ डलरभन्दा माथि छ ।

तर पनि डलर यस्तो मुद्रा हो-यो सर्वस्वीकार्य (सबै देशले लिने) छ । अन्तर्राष्ट्रिय व्यापारमा मात्र होइन विदेशी विनिमय (फरेक्स एक्सचेन्ज रेट) का लागि डलर नै बेन्चमार्क मुद्रा हो । डलरमै आधारित रहेर संसारभरका मुद्राहरुको परिवर्त्य दर निर्धारण हुन्छ । कुन देशको इकोनमी माथि चढ्यो र कसको गिर्‍यो भनेर जाँच्ने आधार पनि डलरमै हो । डलर सञ्चिति कति छ र त्यसले वस्तुको आयातलाई कति थेग्न सक्छ भनेर तथ्यांक केलाएर अर्थतन्त्रको मापन गरिन्छ ।

संसारका कमजोर इकोनमी भएका केही देशमा यो एक डलरले ती देशका मुद्रा कति सटही गर्न सकिन्छ त ? आउनुस् एकै छिन यो रमाइलो तथ्य पढौँ । अर्थात् तपाईं-हामी एक डलर लिएर साट्न गयौँ भने ती देशका मुद्रा कति पाइन्छ त ?

१) $१= भेनेजुएलन बोलिभार ४,१६,६९३.५२
२) $१= इरानी रियाल ४२,१९०
३) $१= भियतनामी डोंग २२,७५८
(भियतनाममा बैंक नोटको सानो इकाइ १००० बाट सुरु हुन्छ र ५ लाख डोंगसम्म हुन्छ ।)
४) $१= इन्डोनेसिएन रुपिहा १४,१९८
५) $१= उज्बेकिस्तानी सोम १०,६६९
६) $१= सिरियालियोनी लियोन १०,५९५
एक डलरको सटहीमा पाँच अंकभन्दा तल चार अंकका मुद्रा पाइने देश दर्जनभन्दा बढी छन् ।
-भियतनाम र इन्डोनेसियाको इकोनमी हरितन्नम त छैन । ती देशले बडो कुटिल चाल चलेर आफ्नो देशको मुद्रालाई पटक-पटक ‘डिभ्यालु’ गर्दै आएका छन् । कारण-विदेशी लगानीकर्तालाई आकर्षित गर्न र निर्यात बढाउन यस्तो खालको मोनिटरी टुल्सको प्रयोग गर्दै आएका छन् ।

सन् १९९० को सुरुवातताका रुसी रुबलको भाउ (क्रयशक्ति) यति क्षीण भएको थियो कि बोराभरी नोट बोकेर जाँदा पनि एउटा पाउरोटी किन्न पुग्दैनथ्यो । अहिले भेनेजुएलाको हालत त्यही छ ।

मुद्रा बजारमा एउटा भनाइ छ- मुद्रास्फीतिले गाँजेका वा मुद्राको मूल्य नभएका देशहरुले जे जति फेसभ्यालु (अंकित मूल्य) का नोट छाप्छन् त्यो छापिएको कागजको भाउ पनि उठ्दैन ।

अब अन्तिममा यो पनि लेखिहालौं- यति बलियो एक डलरको बिल प्रिन्ट गर्नचाहिँ ५.५ सेन्ट खर्च हुने गर्छ । अर्थात् एक डलरको बिल जारी गर्दा फेडरल रिजर्भलाई ९४.५ सेन्ट नाफा हुन्छ ।

– लेखक भट्टकाे फेसबुकबाट । हाल उनी अमेरिकामा बसोबास गर्छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.