Advertisement

आज – २३ आश्विन २०७८ शनिवार को राशिफल

0 596

Advertisement

२०७८ असाेज २३ गते, शनिवार, ९ अक्टाेबर २०२१। आश्विन शुक्लपक्ष तृतीया तिथि, ११ः१६ बजेदेखि चतुर्थी। विशाखा नक्षत्र। चन्द्रराशि– तुला, १५ः३९ बजेदेखि वृश्चिक।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। वादविवादबाट बच्ने उपाय अवलम्बन गर्नुहाेला। साँझदेखि स्वास्थ्य कमजोर हुने र काम राेकिने सम्भावना देखिन्छ। अर्थअभावले सताउनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि दाम प्राप्त नहुन सक्छ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतको फलले हर्षित तुल्याउनेछ। प्रतिस्पर्धाको दौडमा विजयी भइनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै रोकिएका काम सम्पादन गर्न सफल भइनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। साँझतिर आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रमाइलाे यात्राकाे साइत पनि जुर्न सक्छ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा समय दिन नसकिएला। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। मध्याह्नदेखि स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनाे गाँस्नेहरूबाट सजग रहनुपर्ला। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, साँझदेखि लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। साँझदेखि भने उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग संयमित र सन्तुलित व्यवहार गर्नुहोला।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। साँझदेखि ईर्ष्या गर्नेहरूबाट अलि सावधान रहनुपर्ला। अरूको भरपर्दा काम राेकिन सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। व्यापार–व्यवसायमा पनि मनग्य लाभ हुने समय छ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला। समय दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ भने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। सानाे प्रयत्नले ऋणमोचन हुने सम्भावना छ। साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ भने लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साझेदारी र सट्टापट्टामा पनि सामान्य आर्जन गर्न सकिनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। दिगाे फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत परे पनि फाइदा कम मात्र हुनेछ। प्रतीक्षित नतिजा कमजाेर देखिएला। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अरूकाे फाइदाका लागि उपयाेग भइने समय रहेकाले सावधान रहनुहाेला। काम थाल्न केही समय लाग्नेछ। साँझतिर आफ्नैले झुक्याउन सक्छन्, अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा रोकिएका काम भने दोहोर्याउन सकिनेछ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। तर, न्यून उपलब्धिमा चित्त बुझाउन नसकिएला। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि समस्या सुल्झाउन सकिनेछ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। साँझतिर उपलब्धि प्राप्त हुनेछ। परिश्रमले फाइदा दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकामा मन जानेछ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.