शुक्रबार सुनको मूल्य सामान्य बढ्यो, चाँदी स्थीर
२२ असाेज, काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार १५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार १७० रुपैयाँ कायम गरिएको छ । शुक्रबार सुनको मूल्य बढेपनि चाँदी स्थीर बनेको छ ।
बिहीबार छापावाला सुन तोलाको ९० हजार ४०० रुपैयाँ, तेजावी सुन ८९ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।