Advertisement

चाडवाड नजिकिएसँगै गैरकानुनी गतिविधि बढ्दो

0 835

Advertisement


२० आश्विन, इलाम । चाडवाड नजिकिएसँगै जिल्लामा गैरकानुनी गतिविधि बढेको छ। यसक्रममा सुरक्षाकर्मीले दिनहुँजसो अवैध ओसारपसार भइरहेका सामान र नगदसमेत बरामद गर्दैछ। भारतबाट अवैध रूपमा ल्याएर लुकाइएको ठूलो परिमाणको औषधि सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट बरामद गरेको छ। सूर्याेदय नगरपालिका–३, कट्टेबुङबाट सोमबार मध्यराति ४० लाख रुपैयाँभन्दा बढीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

कट्टेबुङको जंगलभित्र एकान्तस्थलमा रहेको घरबाट भारतीय कम्पनीका औषधि बरामद गरेको हो।सशस्त्र प्रहरीका अनुसार यो औषधि कसले र किन ल्याएको भन्ने खुलेको छैन। प्यारालाइसिसले थलिएका दम्पती बस्ने घरमा ल्याएर लुकाइएको औषधि कसको भन्ने ती दम्पती स्वयंलाई पनि थाहा नभएको सशस्त्रले जनाएको छ। बरामद औषधि मंगलबार पशुपतिनगर भन्सारमा बुझाइएको छ।

असोज १७ गते साँझ प्रहरीले ११ लाख भारतीय नगदसहित फिक्कलका व्यवसायीलाई मेची राजमार्गको हर्कटेबाट पक्राउ गरेको थियो। फिक्कलबाट झापातर्फ जाँदै गरेको मे १ च ६४२४ नम्बरको कारमा सवार सूर्याेदय नगरपालिका १० फिक्कलका व्यवसायी ३५ वर्षे अनुप अग्रवालको साथमा रहेको भारु नोट बरामद गरिएको प्रहरीले जनाएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.