Advertisement

अन्जु र रामकृष्णको गीतमा दीलिप र गरिमाको रोमान्स

0 782

Advertisement

१६ असोज, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ सार्वजनिक भएको छ । ऋषिराम देवकोटाको शब्द रहेको गीतमा विशिष्ट संगीतकार आलोकश्रीको संगीत छ ।

प्रेमी प्रेमिकाले एक अर्काको सम्झनामा व्यक्त गर्ने मनका भावना समेटिएको गीतमा प्रेमकथा रहेको छ । गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा देख्न सकिन्छ ।

प्रेमिका भेट्न हिँडेका दीलिप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको भिडियो अभिनय सुहाउँदो छ । आलोकश्रीका संगीतले मनमोहक बनेको गीतलाई भिडियोले सिगार्ने काम गरेको छ । गुञ्जन इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन छ ।

भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् । भिडियो संगीतकार आलोकश्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ । गीत दर्शक तथा श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको संगीतकार आलोकश्रीले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.