Advertisement

टिकटक बन्यो एक अर्ब प्रयोगकर्ता भएकाे पहिलो कम्पनी

0 396

Advertisement

१३ असाेज, एजेन्सी । प्राविधिक उद्योगमा टिकटकले अर्को ठूलो उपलब्धी हासिल गरेको छ । गुगल र फेसबुकको स्वामित्वमा नरहेको एक अर्ब प्रयोगकर्ता हुने यो विश्वकै पहिलो सामाजिक संजाल प्लेटफर्म बनेको छ ।

कम्पनीले आफ्नो ब्लग पोस्ट मार्फत यसबारे घोषणा गर्दै दुनियाँभरिबाट मासिक एक अर्ब भन्दा बढी ‘एक्टिभ युजर’ अर्थात सक्रिय प्रयोगकर्ता रहेको बताएको छ ।

गुगल र फेसबुक बाहेकका सामाजिक संजाल प्लेटफर्मले विश्वभरबाट यति ठूलो सङ्ख्यामा उपभोक्ता पाउनु एकदम दुलर्भ मानिने गरिएको छ ।

यसअघि फेसबुक, युट्युब अनि फेसबुक कम्पनीकै इन्स्टाग्रामका मात्र एक अर्ब प्रयोगकर्ता रहेका थिए । यता लामो समय अगाडि सेवा सुरु गरेको भएपनि स्न्यापच्याट र ट्वीटर प्रयोगकर्ताको सङ्ख्या एक अर्बको कतै नजिक छैन ।

यसरी छोटा भिडियोहरु बनाएर पोस्ट गर्ने यो प्लेटफर्मले कम समयमै अत्याधिक लोकप्रियता कमाएको छ । विशेषगरी कोभिड महामारीका समयमा मानिसहरुले अधिकतम समय मोबाइल लगायत डिभाइसहरुमै बिताउने भएकाले पनि यसको प्रयोग झनै बढेको हो । यससँगै टिकटकमा विभिन्न सामग्री पोस्ट गरेर त्यसैको कमाइबाट जीवन चलाउने क्रम पछिल्लो समय बढेको छ । टिकटकमा हिट भएकै कारण कतिले मनोरञ्जन क्षेत्रमा नाम कमाएका छन् भने नेट्फ्लिक्स जस्तो ठूलो प्लेटफर्ममा समेत अवसर पाइरहेका छन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकको व्यापकता अन्त्य गर्न अनेकौँ प्रयास गरेपनि यसलाई बन्द गर्न सकेनन् । यता भारतमा चाहिँ यसमाथि पूर्ण प्रतिबन्ध छ भने युरोपेली नियामकहरुले पनि बाल सुरक्षा र डाटा सम्बन्धी यसको नीतिमाथि प्रश्न उठाउँदै आएका छन् ।

तर यी सबै समस्या झेलिरहेपनि टिकटकले आफ्नो लोकप्रियता कायमै राखिरहेको छ । अन्य प्रतिस्पर्धी सामाजिक संजाल प्लेटफर्महहरुले टिकटक समान सेवा : इन्स्टाग्राम रिल्स, युट्युब सर्टस, स्न्यापच्याट स्पटलाइट लगायत ल्याएपनि टिकटक प्रयोगकर्ता गत महिना २५ प्रतिशतले बढेका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.