Advertisement

मुख्य राजमार्ग हिलाम्य हुँदा दुई जिल्लाको जनजीवन कष्टकर

0 379

Advertisement

०९ असाेज, भाेजपुर । भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–हिले सडकखण्ड हिलाम्य हुँदा यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ । यो सडकखण्डको निर्माणमा बेवास्ता गरिँदा दुई जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका हुन् ।

यो सडकखण्ड हिलाम्य हुँदा दुबै जिल्लामा यातयातका साधनसँगै खाद्यान्न ढुवानीमा समस्या भएको छ । दुई जिल्ला जोड्ने मुख्य राजमार्गका रुपमा रहेको यो सडकखण्ड वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा वर्षौंदेखि यस क्षेत्रका मानिसले सास्ती भोगिरहेका छन् ।

भोजपुर सदरमुकामबाट पूर्वी क्षेत्र हुँदै धनकुटाको सिमाना अरुण नदीको लेगुवाघाटसम्मको भोजपुर खण्डमा पर्ने ६६ किलोमिटर सडक कालोपत्र छ । तर धनकुटाको लेगुवा–हिले सडकखण्डको करिब २६ किलोमिटर निर्माणमा ढिलाइ हुँदा भोजपुर, सङ्खुवासभाका र धनकुटाका विभिन्न स्थानीयतहका स्थानीयवासी मारमा परेका छन् ।

वर्षात् सुरु भएपछि यस सडकखण्डमा छ घण्टासम्म सवारी तथा ढुवानीका साधन फस्ने गरेका छन् । सवारीका साधनलाई गन्तव्यसम्म पु¥याउन दुई वटासम्म ट्र्याक्टरले तान्नुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् । आकस्मिक दुर्घटना तथा जिल्ला अस्पतालमा उपचार हुन नसकेर रेफर गरिएका बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई झनै समस्या भएको छ । कतिपयले यस सडकका कारण अकालमा ज्यानसमेत गुमाएका छन् ।

“धरान, विराटनगर, काठमाडाँै जाने मुख्य सडक नै यही हो । दैनिक हजारौँको सङ्ख्यामा यही सडक भएर सवारी तथा ढुवानीका साधन चल्छन् । बाटोको अवस्था बेहाल छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार छ÷सात घण्टासम्म हिलोमा सवारी साधन फस्छन् । यता सरोकारवाला पक्ष रमिता हेरर बस्छन् । भोजपुरमा उपचार हुन नसकेको बिरामीलाई बाहिर लैजाने मुख्य मार्ग यही हो । अरु मानिस घण्टौँ बाटोमा अपलत्र परेर पनि गन्तव्यमा पुग्लान् । तर हिलाम्य बाटोका कारण अकालमा ज्यान गुमाएकाको जिम्मा कस्ले लिन्छ यो कस्तो लापरवाही हो उहाँको प्रश्न छ ?”

भोजपुर र सङ्खुवासभाका लागि खाद्यान्न ढुवानी गर्ने मुख्य मार्ग पनि यही हो । चाडबाड नजिकिएसँगै खाद्यान्न ढुवानीमासमेत समस्या भएको व्यापारी बताउँछन् । हिलो सडकमा ठूला साधन फसेपछि अन्य सवारीका साधन दिनभरजसो बाटोमा अलपत्र पर्ने गरेका छन् । विभिन्न काम विशेषले यात्रा गर्ने यस सडकखण्डमा पुगेसँगै गन्तव्यविहीन हुने गरेका छन् । यस सडक खण्डबाट दैनिक हजारौँको सङ्ख्यामा यात्रुबाहक तथा ढुवानीको साधन आवतजावत गर्छन् । यति धेरै सवारी साधनको चाप हुँदा पनि सरोकारवाला पक्षले कुनै पहल कदमी नगरेको चालकको गुनासो छ ।

पाख्रीबास नगरपालिकामा रहेको करिब एक किलोमिटर सडक हिलाम्य छ । यहाँबाट हजारौँ यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सवारी चालक उज्ज्वल श्रेष्ठले भन्नुभयो, “दैनिक यही बाटो भएर यात्रा गर्नुपर्छ । बाटोमा लामो समयसम्म गाडी हिलोमा फस्छ । झनै एउटा मालबाहक ट्रक फस्यो भने त्यो निकाल्न कोसिस गर्दा गर्दै दिनरात यही बित्छ ।

ट्र्याक्टर लाएर सवारी साधनलाई तान्नुपर्छ । समयमा गन्तव्यमा पुग्न सकिँदैन । समयमा खान पाइँदैन । यात्रुको झनै बिजोग हुन्छ । यस्तो अवस्था देख्दा पनि यहाँका जनप्रतिनिधिसँगै सरोकारवाला पक्ष मौन छन् ।”

बाटोमा सवारीसाधन घण्टौँसम्ममा रोकिदा विशेष कामले यात्रामा निस्केका मानिसलाई झनै समस्या भएको छ । यो क्षेत्रको सडक विस्तारको काम नहुँदा स्थानीयवासीलाई सास्ती भएको छ । सवारी तथा ढुवानीका साधनलाई दुई वटासम्म ट्र्याक्टरले तानेर गन्तव्यसम्म पु¥याउनुपर्ने अवस्था छ । तर सरोकारवाला पक्ष भने मौन छन् ।

ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाइ गर्र्दा यात्रुबाहक तथा ढुवानीका साधन यहाँ घण्टाँैसम्म हिलोमा फस्ने गरेका छन् । विगतका दिनमा यो सडकमा ग्राभेल गरिएको थियो । सडक निर्माण गर्न भन्दै यहाँ लगाएको ग्राभेल भत्काइयो तर काम भएन । भोजपुर क्षेत्रको सडक कालोपत्र भए पनि सो क्षेत्रमा सडक निर्माणमा बेवस्ता गरिदा यहाँका जनताले मार भोग्दै आएका छन् । भोजपुरबाट छदेखि सात घण्टामा धरान पुग्दै आएका यात्रु अहिले १० देखि १२ घण्टामा मात्र धरान पुग्ने गरेका छन् ।

बाटो हिलाम्य भएर यातायात सञ्चालनमा समस्या हुँदा सङ्खुवासभाबाट अन्य अस्पताल रिफर गरिएका कतिपय बिरामीको बाटोमा ज्यान जाने गरेको सङ्खुवासभाका सवारी चालक दिपक राईले बताउनुभयो । मानवीय समवेदनासँग जोडिएको सडक निर्माणको काममा ढिला हुँदा पनि यसलाई बेवास्ता गरिएको उहाँको भनाइ छ ।

चालक राईले भन्नुभयो, “यो सङ्खुवासभाका नागरिकको दैनिकीसँगै जोडिएको छ । यहाँ चाहिने खाद्यान्न तथा सवारीका साधन यात्रा गर्ने मुख्य सडक यही हो । तर सडक निर्माणमा गरिएको बेवास्ताले धनकुटाकाभन्दा पनि हाम्रो ठाउँका मानिस प्रत्यक्ष मारमा छन् । सायद यही कारण होला सडकको यो अवस्था हुनु । बाटोका कारण मानिसको अकालमा ज्यान गइरहेको छ । बिरामी बोकेका एम्बुलेन्स घण्टाँै घण्टा हिलोमा फस्छन् । हामीलाई पनि यात्रुलाई गन्तव्यसम्म लैजान त्यस्तै सास्ती छ ।”

पाख्रीबास नगरपालिकाले भने सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ । निर्माण व्यवसायीलाई चाँडो काम गर्नका लागि ताकेका गरिररहेको नगर उपप्रमुख देवकला पौडेल तिमल्सेनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सडकका कारण धेरै नै समस्या छ । हामीले निर्माण कम्पनीलाई समयमा काम गर्न भनिरहेका छौँ ।“ विगतमा निर्माण कम्पनीकोतर्फबाट काममा ढिला भएको हो ।

दुई वटा भागमा काम भइरहेको छ । ठेक्का लागेको सडक भएकाले हामीले बजेट विनियोजन गरेर काम गर्ने अवस्था छैन । तर पनि हामीले बेलाबेलामा आफ्नै एक्साभेटर प्रयोग गरेर सडकलाई मर्मत गरिरहेको उहाँको भनाइ छ ।

सडकलाई सहजरुपमा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । विभिन्न बाहना बनाएर सडक निर्माणको काममा ढिलाइ भएको उनीहरुको अरोप छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.