Advertisement

नेका अधिवेशनः सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकांक्षी

0 514

Advertisement

०६ असाेज, सिन्धुपाल्चाेक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई तीब्रता दिएका हुन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिका लागि तयारी गर्नुभएको बताउनुभयो ।

मङ्गलबार इन्द्रावती–४ को वडा अधिवेशन उद्घाटन गर्दै उहाँले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताउनुभएको हो । गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिवसमेत रहनुभएका तामाङले आफूलाई नेता तथा कार्यकर्ताको साथ रहेको बताउनुभयो । “सभापति बन्नका लागि योग्य पनि छु, पार्टीका अन्य अग्रज नेताहरुको सल्लाह पनि छ, पार्टीभित्रकै साथीहरुको चाहना र इच्छाबमोजिम नेतृत्वका लागि तयार छु”, उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोक कांग्रेसका पूर्वसचिवसमेत रहनुभएका तामाङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कांग्रेसलाई एक ढिक्का बनाएर लैजान पनि आफ्नो नेतृत्व जिल्लाले खोजिरहेको तामाङको दाबी छ । “कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीका रुपमा अगाडि बढाउनु जिल्लामा कांग्रेसभित्र गुट र उपगुटको राजनीति अन्त्य गर्न सभापतिको उम्मेदवार हुन लागेको हुँ,” उहाँले भन्नुभयो । साथै तामाङले गाउँपालिका अध्यक्षमा नदोहोरिने बताउनुभयो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि सभापतिमा दाबी गर्नुभएको छ । देशभरका स्थानीय तहमा उत्कृष्ट काम गरेर चर्चित बन्नुभएको शेर्पा जिल्ला सभापतिको तयारीमा लाग्नुभएको हो । उहाँले केन्द्रमा जस्तै जिल्लामा पनि गुटैगुट भएर कांग्रेसको सङ्गठन नै धरापमा परेकाले आफ्नो उम्मेदवारी गुटरहित कांग्रेस बनाउन रहेको बताउनुभयो ।

जिल्लामा हालसम्म धेरैले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, क्षेत्रीय सभापतिद्वय आइतमान तामाङ र बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्वसचिव कृष्णप्रसाद न्यौपाने, पूर्वसभापति भूपेन्द्र थापा, महासमिति सदस्य प्रेमध्वज लामासमेत सभापतिको आकाङ्क्षी देखिएका छन् ।

पार्टीलाई एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन काँग्रेस कार्यकर्ताले चौतर्फी दबाब दिइरहेको नेपाली काँग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।

बाजुराका ६९ वडामा अधिवेशन सुरु

मार्तडी– काँग्रेसको १४औँ महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशनका लागि बाजुराका ६९ वडाको अधिवेशन आजदेखि सुरु गरिएको छ । १४औँ महाधिवेशन तथा ७औँ जिल्ला अधिवेशनका लागि एकैसाथ वडा अधिवेशन गर्न लागेको नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले राससलाई बताउनुभयो ।

उहाँका अनुसार यही असोज २ गते बसेको नेपाली कांग्रेस बाजुराको बैठकले असोज ६ गते गर्ने निर्णय भएको बताउनुभयो । भौगोलिक विकटता र क्रियाशील विवादका कारण केन्द्रीय सर्कुलरअनुसार असोज ५ गते सम्भव नभएपछि जिल्ला निर्वाचन समितिको प्रस्तावमा पार्टीले असोज ६ गते बुधबार गर्ने निर्णय गरेको नेपाली कांग्रेस बाजुराका सचिव दीपकविक्रम शाहले राससलाई जानकारी दिनुभएको छ ।

वडा अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे गृह वडामा समेत सहभागी भएको सचिव शाहले बताउनुभयो । वडाबाट नै क्षेत्रीय प्रतिनिधि आउनुपर्ने भएकाले जिल्लाका शीर्ष नेताहरु आ–आफ्नो वडाका गएका छन् । पार्टीको १४औँ महाधिवेशनका लागि वडामा हुने अधिवेशनमा केन्द्रीय सदस्य बद्री पाण्डे हिमाली गाउँपालिकाको रुगिनमा पुगेका छन् ।

यस्तै पार्टी सभापति कविराज पण्डित, पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी, संविधानसभाका सदस्य देवराज जोशी, महासमिति सदस्य पद्मबहादुर शाही, जुना दानी, वरिष्ठ नेता रामसिंह रावल र महाधिवेशन प्रतिनिधि चक्रबहादुर शाह लगायतका नेताहरु वडाको अधिवेशनमा सहभागी भएको नेपाली कांग्रेस प्रचारप्रसार उपसमिति संयोजक रनसिंह अयडीले राससलाई बताउनु भएको छ ।

आज हुने वडा अधिवेशनमा सहमति सहकार्य र एकताको अधिवेशन बनाउने गरी एकै साथ कांग्रेसले वडा अधिवेशन गरेको प्रचारप्रसार उपसमिति संयोजक अयडीले बताउनुभयो । पार्टीको ७औँ जिल्ला अधिवेशनका लागि वडाको असोज ६, गाउँ÷नगरपालिका अधिवेशन असोज ९, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन असोज १२ र जिल्ला अधिवेशन असोज १६ गते गर्ने तयारी भएको जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत सन्तोष भण्डारीले राससलाई बताउनुभयो ।

उहाँका अनुसार निर्वाचन समितिको प्रस्तावमा नेपाली कांग्रेस बाजुराले निर्णयलाई सदर गर्दै तोकिएको समयमा अधिवेशन हुने बताउनुभयो । वडा, गाउँ÷नगरपालिका र प्रदेश निर्वाचन क्षेत्र अधिवेशनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण गरी अधिवेशनमा खटाइएको निर्वाचन अधिकृत भण्डारीको भनाइ रहेको छ ।

जिल्लाका ६९ वडामा, गाउँ÷नगर र प्रदेश निर्वाचन क्षेत्रमा १६२ मतदान र सहायक मतदान अधिकृत खटाइएको छ । पार्टीको ७औँ जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । अधिवेशनका लागि आवास व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वयम्सेवक परिचालय लगायतका उपसमिति बनाएर तयारी भइरहेको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.