Advertisement

नबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघबीच अन्तरक्रिया कार्यक्रम

0 313

Advertisement

०७ असोज, काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएका हुन् ।

दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको साथै यसले महिलाको सामाजिक रुपान्तरणमा पुग्ने विशवास रहेको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँगाउँमा पु¥याएर त्यहा उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पु¥याउने लक्ष्य लिएको बताए ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.