Advertisement

अवैध काठसहित तीन पक्राउ

0 482

Advertisement

०६ असाेज, बनेपा । प्रहरीले फरक–फरक ठाउँबाट अवैध चिरान काठसहित तीन जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयल काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार धुलिखेल र पाँचखाल क्षेत्रबाट गरी चिरान काठसहित त्यसमा संलग्न व्यक्ति र गाडीसहित नियन्त्रणमा लिइएको हो ।

सोही क्रममा पाँचखालबाट धुलिखेलतर्फ आइरहेको बा८च ३१३ नं गाडीमा सम्बन्धित कार्यालयको इजाजतपत्रबिना अवैध सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पाँचखाल नगरपालिका–५ खावास्थित अरनिको राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा गाडीसहित नियन्त्रणमा लिएको हो । सो गाडीमा रहेका पाँचखाल–४ बस्ने प्रकाश सुनारलाई गाडीमा ल्याएको विभिन्न नाप साइजको चिरान १५ थान(४७.६५५ क्युफिट) काठसहित पक्राउ गरिएको छ ।

त्यस्तै धुलिखेल नगरपालिका–११ स्थित बिपी राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा भकुण्डेबेँसीबाट धुलिखेलतर्फ आइरहेको बा२०च २३०७ टाटामोबाइल र बा२०च ८७४९ महेन्द्रा बोलेरो गाडीमा सम्बन्धित कार्यालयको इजाजतपत्रबिना अवैध उत्तीस र सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सो क्रममा पनौती नगरपालिका–४ बस्ने रामकृष्ण काफ्ले र ओखलढुङ्गाको लिखु गाउँपालिका–३ घर भएका रेशम श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । विभिन्न नाप साइजका चिरान काठ ४० थान (३७.५२० क्युफिट र विभिन्न नाप साइजका चिरान लिष्टी गरी १७७.५ क्युफिट गरी २०९.६३ क्युफिट) काठ बरामद गरिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो । नियन्त्रणमा लिइएका गाडी, काठ र पक्राउ गरेका व्यक्तिलाई थप अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.