सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो
०६ असाेज, काठमाठाैँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबार सुन तोलाको ९०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १६५ रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन तोलाको ८९ हजार २०० रुपैयाँ, तेजावी सुन ८८ हजार ७५० रुपैयाँ र चाँदी तोलाको १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ११ सय ४० मा कारोबार भएको चाँदीको भाउ बुधबार २५ रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।