Advertisement

देशभर बदली हुँदा गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

0 623

Advertisement

०५ असाेज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य वदली रहेको छ । वाग्मती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थान, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

“काठमाडौंमा आज दिनभर बदली हुने छ । सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” मौसमविद् अर्याल भन्छन् ।
उनका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।

वर्षाको सम्भावना भएका स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.