Advertisement

डाफे र फुर्केसल्लीको साधारण सभा समुहको संस्थागत सवलीकरणमा जोड

0 957

Advertisement

तिर्थराज ज्ञवाली

०३ असोज, माछीताल(देउखुरी दाङ) ।
राप्ती गाँउपालिका कार्यक्षेत्र बनाएको नामसालिङ सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित एकीकृत सामुदायिक परियोजना कार्यक्रम अन्तर्गत गठित डाफे सामुदायिक कृषक समुह र फुर्केसल्ली सामुदायिक कृषक समुहको माछितालमा साधारण सभा सम्पन गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं १ माछीताल र खर्कका स्थानिय नागरिकहरु समेटिएको डाफे सामुदायिक कृषक समुह र फुर्केसल्ली सामुदायिक कृषक समुहको संस्थागत सवलीकरणका लागि संयुत्तरुपमा साधारण सभा गरिएको हो ।

डाफे सामुदायिक कृषक समुहकी अंध्यक्ष कुमारी सुन्तली कुमालको अध्यक्षता, राप्ती गाउँपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष पुणर् जंग रेशमीको प्रमुख आथित्यतामा भएको साधारण सभामा दुबै समुहको प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पेश गरिएको थियो ।

समुदायको विकासकालागि कृषि, पशुपालन, व्यवसाय, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा विभिन्न कृयाकलापहरु सञ्चालन गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्रद्धारा सहयोग रहेका दुई समुहले सञ्चालन गरेको कृयाकलाप, उपलब्धि र देखिएका समस्या तथा चुनौतीहरु साधारण सभामा प्रस्तुत गरिएको थियो ।

दुबै समुह गरि ४० जना सदस्य रहेको समुहको नितीनियम समेत निर्माण गरि राप्ती गाउँपालिकामा दर्ता समेत गरिएको छ । मासीक रुपमा घर ब्यवहार सन्चालन खर्च बाट जोगिएको रकम बाट बचत गर्दै आएका सदस्यहरुको १ वर्षको अवधिमा डाफे सामुदायिक कृषक समुहको ९० हजार १ सय १५ रुपैयाको कोष र फुर्केसल्ली सामुदायिक कृषक समुहको २९ हजार २ सय रुपैयाको कोष सञ्चालनमा रहेको जानकारी गरिएको छ ।

दुबै समुहले प्रत्येक महिनाको १३ गते बैठक मार्फत रकम बचत गर्ने तथा सामुदायिक विकासका लागि गतिविधि सञ्चालन गर्दै आएको बताईएको छ । समुह सञ्चालनका लागि समुुुह बैठकमा उपस्थित नभएमा समुह बैठकमा उपस्थित नहुनु कारण सहित समुहलाइ जानकारी गराउने, लागतार ३ महिना सम्मा बैैठकमा नआएमा र समुहलाइ सुचना पनि नगरेमा समुह सदस्यबाट निस्कासन गर्ने, समुहका प्रन्येक सदस्यहरुले समुह बैठकमा मासिकरुपमो बचत उठाउने, मासिक बचत उठाउन विलम्ब गरेममा प्रति महिना रु १० का दर विलम्व सुल्क तिर्नुपर्ने, सदस्यहरुबाट उठेको सो रकम समुहको आपसी समझदारीमा ३ महिनाको भाका राखी लगानी गर्ने, भाका भित्र सावाब्याज रकम नबुझाएमा भाका नाघेका मितीदेखि थप ब्याज लिने नियम बनाई समुह सञ्चालन गरिएको छ ।

समुहले नामसालिङ सिामुदायिक विकास केन्द्र एनसीडीसीको अनुदान तथा प्राविधिक सहयोग र व्यक्तिगत श्रमसीप, स्थानिय स्रोतसाधनको प्रयोग गरी आपसी साझेदारीमा समुहले मनग्य लाभ समेत उठाएको जानकारी गरिएको छ ।

समुहका सवै सदस्यहरु प्रत्येक महिना जम्मा भेला भइ नियतरुपमा बैठक छलफल गरी योजना बनाइ काम गरिएको छ जसले गर्दा समुह सदस्यहरु विच एकता मेलमिलाप बढ्दै साथै समुह सदस्यहरुमा बोल्ने सीपको विकास भइ आफ्ना मनका कुरा विचार राख्न सक्ने क्षमतामा विकास भएको पाईएको छ । साथै कृषि पशुपालन सम्बन्धी नया ज्ञानसीप हाँसील गरि समुहका १५ जना किसानहरुले कागती, अनार, आँप, लिचीे घरबगैचा निर्माण गरेका छन् । जसले गर्दा सिजन अनुसारको फलफुलहरु घरमै भइ खानालाइ सहज भएकोसाथै घरबगैचा निर्माण गरी फलफुल रोप्ने प्रणालीको विकास हुदै गएको पाईएकाे छ ।

समुहमा आवद्ध १६ जनाले सुधारीएको बाख्रा खोर निर्माण गरी बाख्रा पालन गर्न थालेको, समुहबाट बाख्रा पालन तालिम माग गरी समुह सबै सदस्यले बाख्रा पालन तालिम लिएको, उन्नत जातको धानमकैको वीउ खरिद गरी समुहका सबै जनाले मकै खेती र गहुँ खेती गरेका, उन्नत जातको विउ प्रयोग गरी आधुनिकरुपले खेती गर्दा खाद्य उत्पादनमा वृद्धि भई खाद्यमा आत्मनिर्भता बढ्दै गएको, समुहका सवै घरमा करेसा बारी निर्माण गरी उन्नतजातको तरकारी विउ प्रयोग गरी बेमैसमि तरकारी खेती गर्दा हरियो तरकारी सागपातमा आत्मनिर्भता बृद्धि भइ परिवारिक पोषणमा समेत सुधार आएको समुहको प्रगति प्रतिबेदन मार्फत जानकारी गरिएको छ ।

समुहको प्रतिनिधित्व गरी समुहका केही सदस्यहरुले घरबगैचा तालिम,, कृषि उपज बृद्धि तालिम, पोषण तालिम, जलवायु अनुकूलन क्षमता अभिवृद्धि तालिम, पशुपालन तालिम लिएका छन् । यसरी तालिम लिइ समुहमा अदानप्रदान गर्दा सवै सदस्यहरुलाइ कृषिमा सुधार ल्याउन टेवा पुर्याएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रको प्रविधिक सहयोगमा समुहका सबै जना कृषकले उन्नत जातको आलु विउ प्रयोग गरी खेती गरेका, ८ जना किसानले प्लाष्टिक टनेल निर्माण गरी व्यसायीक रुपमा तरकारी खेती गरेका जानकारी गरिएको छ ।

समुहका २ जनाले किराना व्यसाय गाउँपालिका दर्ता गरी वैधानिक ढंगले व्यवसाय सञ्चालन गर्दा स्थानिय निकायबाट दिईने सेवासुविधा लिन सजिलो भएको सभामा जानकारी गरिएको छ । समुहको १८ जना सदस्यहरुको घरमा सुधारिएको पक्की गाइ. गोठ निर्माण गरिएको, सदस्यहरुको घरमा वायोग्याँस चुलो निर्माण गरिएको छ ।

समुहको कार्यक्षेत्र भित्र खानेपानी मुल संरक्षण गरिएको छ जसले गर्दा टोलका सबै घरमा सफा शुद्ध खानेपानी खाना पाएको र राप्ती गाउंपालिका र नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोगमा सौर्य सिचाइ निर्माण गरिएको यसले गर्दा सुख्खा भइ बाझै राख्नु पर्ने समस्या अन्त्य भएको साथै समयमै सिचाइ गर्न पाउँदा खाद्यन्नबाली, तरकारी बाली लगाउन सजिलो भएकोले उत्पादनमा समेत वृद्धि भएको समुहको प्रतिबेदनमा मार्फत जानकारी गरिएको छ ।

डाफे सामुदायिक कृषक समुह र फुर्केसल्ली सामुदायिक कृषक समुहको माछितालमा सम्पन्न साधारण सभामा राप्ती गाउँपालिकाका सञ्चार संयोजक तिर्थराज ज्ञवाली, फिल्ड संयोजक धर्म यादव, कृषि प्राविधिक धन कुमारी चौधरी, सयपत्रि समुह बगासोतिका सन्तोष राना, स्याम रोका, कृषक अगुवा हिम बहादुर मास्के, समुहकी उपाध्यक्ष ओक कुमारी कुमाल, देवि राना, समाजसेवी विर बहादुर कुमाल, सौर्य उर्जा सञ्चालन ब्यवस्थापन समितिका केशर बहादुर कुमाल तथा दिपक सुनारले सुभकामना तथा सुझाव प्रदान गर्नुभएको थियो ।

मानविय विकास तथा भौतिक क्षेत्रको विकासका लागि समुहले आगामी दिनमा कार्य गर्दै आउने, स्थानिय सरकार संगको समन्वयमा विकासका काम गर्ने, स्थानिय नागरिकको सर्वाङगीण विकासमा लागि पर्ने लक्ष्य सहित आगामि योजना समेत निर्माण गरिएको छ ।

साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ जसमा डाफे सामुदायिक कृषक समुहको अध्यक्षमा रिखीराम कुमाल, उपाध्यक्षमा हुमा कुवर, सचिवमा राधिका कुमाल, कोषाध्यक्षमा कुस्मा राईमाझी, सह सचिवमा अस्मीता कुमाल र सदस्यमा कुमारी कुमाल, ओम कुमारी कुमाल, खुमी रायमाझि, राधा कुमाल, कृष्णा कुमाल, माया कुमाल रहनु भएको छ । साथै फुर्केसल्ली सामुदायिक कृषक समुहको अध्यक्षमा हिम बहादुर मास्की, उपाध्यक्षमा देवी राना, कोषाध्यक्षमा राम बहादुराना, सचिवमा धनी राना रहनु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.