सुनको मूल्य बढ्यो, चाँदी स्थिर
३० भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। बुधबार सुन तोलामा ६ सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय कायम गरिएको थियो ।
तेजावी सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार पनि चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो।