Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बार्सिलोनामाथि वायर्नको जित

0 98

३० भदाै, काठमाडौं । वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा सहज जित निकालेको छ । जर्मन क्लब म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको हो ।

मंगलबार राति भएको खेलमा वायर्नले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित बनेको हो । बार्सिलोना घरेलु मैदानमा जर्मन क्लबलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै थोमस मुलरले एक गोल गरे ।

थोमस मुलरको गोलबाट पाहुना टोलीले खेलको ३४औं मिनेटमा अग्रता बनाएको थियो । लिरो सानेको पासमा मुलरले गोल गरेका थिए ।

पहिलो हाफमा १ गोल गरेको वायर्नले दोस्रो हाफमा थप दुई गोल गरेको हो । ५६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्ननको अग्रता दोब्बर पारे । खेलको ८५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा जर्मन क्लबले ३–० गोल अन्तरले जित निकाल्यो ।

जितसँगै समूह ‘इ’का वायर्नले शानदार सुरुवातसहित ३ अंक जोडेको छ । यता, बार्सिलेनाले च्याम्पियन्स लिगमा हारबाट सिजनको सुरुवात गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.