Advertisement

पर्यटकको बसाईं बढ्यो

0 540

Advertisement

२९ भदाै, काठमाडाैं । कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेपनि उनीहरुको औसत बसाई भने बढेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२०’ अनुसार पर्यटकको औसत बसाई विगत वर्षभन्दा केही बढेर १५ दिन नाघेको छ । अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाई सरदर १२ दिन थियो । सन् २०१९ मा १२ दशमलव ७, सन् २०१८ मा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो । त्यसअघि सन् २०११ र सन् २०१६ मा क्रमशः १३ दशमलव १२ र १३ दशमलव १६ दिन पर्यटकको औसत बसाई थियो ।

पर्यटकको बसाई लम्बिएसँगै उनीहरुले गर्ने खर्च पनि बढेको छ । प्रतिपर्यटक खर्च विगत वर्षको तुलनामा वृद्धि भई ६५ अमेरिकी डलर पुगेको छ । अघिल्ला वर्षमा सरदर प्रति पर्यटक ४५ डलरसम्म खर्च हुने गरेको थियो । कोभिड महामारीका कारण सन् २०२० मा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ । सन् २०२० को पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र रहेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क छ ।

महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करिब ७१ प्रतिशतले कमी आई करिब रु २५ अर्ब आर्जन भएको छ । सन् २०२० मा १५३ टिमका ४४७ जनाले पर्वतारोहणका लागि अनुमति लिएका थिए जुन गत सालको तुलनमा ९२ प्रतिशतले कम हो ।

नेपालमा सन् २०२० सम्ममा द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको सङ्ख्या ४० पुगेको छ । अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको सङ्ख्या तीन रहेको छ भने नेपाल उडान भर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या २७ वटा पुगेको छ । मुलुकमा हाल एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थ छ । सन् २०२० सम्ममा आन्तरिक उडान तर्फ कूल ५४ विमानस्थल छन् । तीमध्ये ३७ विमानस्थल कालोपत्रे गरिएको छ भने सबै मौसममा नियमित उडान हुनसक्ने विमानस्थलको सङ्ख्या ३५ रहेको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् । साहसिक र मनोरञ्जनात्मक उडान गर्ने कम्पनीहरुको संख्या ८० रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.