Advertisement

पत्रकार प्रियदर्शीको शालिक अनावरण

0 867

Advertisement

२७ भदाै, सिन्धुपाल्चोक । पत्रकार कञ्चन प्रियदर्शीको स्मृतिमा पिपलडाँडामा शालिक एवं उद्यान निर्माण गरिएको छ । बागमती प्रदेशसभा सदस्य युवराज दुलालले शनिबार शालिकको अनावरण गर्दै प्रियदर्शीले पत्रकारिता र साहित्यको माध्यमबाट समाज परिवर्तनका लागि व्यतित गरेको अमूल्य समयलाई भुल्नु हुँदैन भन्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवानेता माधव सापकोटा, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री पौडेल, मित्र प्रतिष्ठानका अध्यक्ष कृष्ण सुवेदी, जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, साहित्यकार रमेश पौडेल, हेमन प्रधान, दिल कार्की, मात्रिका पोखरेल, बाबा बस्नेतलगायतले आ–आफ्नो साहित्यिक सिर्जनासमेत प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै शब्द सारथिका अध्यक्ष अमित घिमिरे, नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवन श्रेष्ठले प्रियदर्शीको पत्रकारिता र साहित्यिक योगदानका बारेमा कार्यक्रममा चर्चा गर्नुभएको थियो । कार्यक्रममा शालिक एवं उद्यान निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनुभएका प्रदेशसभा सदस्य दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जग्गादाता सुजन बुढाथोकी र कलाकार कृष्णहरि शङ्खदेवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा आयोजित खुला कविता प्रतियोगितामा नवराज रायमाझी, सुष्मा तिमल्सिना र कृष्णप्रसाद धिताल क्रमशः प्रथम, द्वितीय र तृतीय तथा रमेश श्रेष्ठ र घनश्याम नेपालले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।

भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार’

लामो समय बालसाहित्यमा योगदान पु¥याएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ । मित्र प्रतिष्ठानका समन्वयमा दुःखी प्रकाशनले प्रदान गरेको सो पुरस्कारको राशि नगद रु ११ हजार १११ पुरस्कार राशिसहित दोसल्ला र पुरस्कारपत्र छ ।

प्रदेशसभा सदस्य दुलालले भारतीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभयो । कार्यक्रमकै बीच दुःखी प्रकाशनले चार जेहेन्दार विद्यार्थीलाई पोशाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो ।

नेकपा (एकीकृत समाजवादी)को जिल्ला संयोजकमा सापकोटा

नेकपा (एकीकृत समाजवादी) पार्टीले सिन्धुपाल्चोक जिल्लामा कमिटी गठन गरेको छ । शनिबार सोम सापकोटाको संयोजकत्वमा १०३ सदस्यीय कमिटी गठन गरेको हो । स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितिमा समाजवादीले कमिटी गठन गरेको हो ।

कमिटीका सल्लाहकारमा यमबहादुर महतलाई चयन गरिएको छ भने संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहनुभएको छ । समितिको सहसंयोजकमा प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ चयन हुनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.